
कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविर भएको छ । रेष्टुरेन्ट एन्ड वार एसोसियसन (रेवान)पोखराको आयोजनामा भएको शिविरमा ५ सयभन्दा बढीको चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँचपछि औषधी पनि उपलब्ध गराइएको थियो ।
स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रसूति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो । प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको रेवानका अध्यक्ष भट्टराईले जनाए ।
उपचारका क्रममा जटिल समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पतालसँग सहकार्य गरी थप उपचारमा पनि सघाइने उनले बताए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका सचिव भीष्मराज पौडेल बताउँछन् ।
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीयमाझ स्वास्थ्य शिविर गर्नु प्रशंसायोग्य काम भएको जनाए । माछापुच्छ्रे गाउँपालिका ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले यस्ता कार्यक्रम निरन्तर दिन सुझाए ।
मनिपाल शिक्षण अस्पताल पोखराका कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराएका स्थानीयलाई बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि वाचा गरे ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…