मनोरञ्जन

शिव परियारको दशैंलाई लक्षित गीत : पिउन सुरु गरेपछि

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ । मनोरञ्जन उधोगका सिद्दहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ । रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प… पुरा पढौ

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा :अनुपम खेरले पशुपतिनाथ मन्दिर पुगेर गरे पुजा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका… पुरा पढौ

प्रसिद्ध पप गायिका शकिरा परिन् बँदेलको आक्रमणमा

पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्। च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्न, : हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्। पछिल्लो पीडिततिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए । पप गायिकाले भनिन सबथाेक… पुरा पढौ

चलचित्र छायाङ्कनका लागि बलिउडकर्मी मनाङमा

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आउनुभयो । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका… पुरा पढौ

‘चरी जेलैमा’ बन्यो छोटो समयमा करोड भ्युज नाघ्ने पहिलो गीत (भिडिओ)

जेलैमा जेलैमा चरी जेलैमा, बाेलकाे गायिका विष्णु माझीले गाएको अहिलेको चर्चित गीत दुई हप्ताअघि युट्युबमा सार्वजनिक भएको थियो । यो गीतकाे भिडिओले एकपछि अर्को रेकर्ड बनाएको छ । रेकर्ड कायम गर्ने क्रममा चरी जेलैमा बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोडा भ्युज पाउने रेकर्ड बनाएको हाे। गीत सर्वाजनिक भएको १३ औ दिनमा गीतले करोड भ्युज काटेको हो । समाचार लेख्दा सम्म यस गीतले १ करोड ४३ लाख ७ हजार ७ सय १९ भ्युज पाइसकेका छ । तीजको सन्दर्भमा निकालिएको… पुरा पढौ

नेपाल आइडल सिजन ४ : निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । सीजन ३ सम्मका निर्णायक न्ह्यूौ बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको बताइएको छ । पुरा पढौ

चितुवालाई आक्रमण गर्ने लाटोकोसेरो

चट्टान माथि बसिरहेको चितुवालाई लाटोकोसेरोले गरेको आक्रमणलाई अनौठो रूपमा लिइएको छl भारतको राजस्थानमा घटेको घट्नामा उल्लेखित दुवै वन्यजन्तु नेपालमा पनि अभिलेख गरिएको छl नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोहरु मध्ये हाप्सिलो (चितुवा आक्रमण गर्ने) प्रजातिको लाटोकोसेरोको मुख्य आहारा भने  मुसा, भ्यागुता, छेपारो, खरायो, सर्प आदी हुन्l तर नेपालमा पाइने अन्य ठुला प्रजातिका लाटोकोसेरोहरूले दुम्सी, मृगको बच्चा, बिरालो समेत मारेको अभिलेख छl लाटोकोसेरोले ओथारो बसेको बेला वा बच्चा हुर्काउँदै गर्दा निकै आक्रामक हुने गर्छl यही कारणले चितुवालाई आक्रमण गरेको हुन् सक्छ l… पुरा पढौ

शंखेकीरा पालेर साबुन उत्पादन

फ्रान्समा शंखेकीराको र्‍याल सङ्कलन गरी साबुन बनाएर बिक्री गर्न थालिएको छ। फ्रान्सको एक उत्पादक कम्पनीले सौन्दर्य प्रशोधनको बजारमा सफलता पाउने विश्वासमा शंखेकीराको साबुन बनाएर बिक्री गर्न थालेको होl शंखेकीराको र्‍यालमा औषधीय गुण हुने विश्वास गरिएको छl साबुन बनाउँदा शंखेकीरालाई कुनै किसिमको हानी नपुर्‍याई बनाइने ती व्यापारीको भनाइ छ। फ्रान्सका वाहग्नीका २८ वर्षीय द्यामियाँ देरोशेले  शंखेकीरा प्रयोग गरेर साबुन बनाउँछन्। फ्रान्समा यसरी साबुन बनाउने उनी तेस्रो व्यक्ती हुन्। उनले साबुन बनाउनकै लागि ६० हजार शंखेकीरा पालेका छन् । शंखेकीराबाट र्‍याल  सङ्कलन  गरेर… पुरा पढौ

तपाईंको तिर रक्सी पिउँदा सुरुमा ‘चियर्स’ र सक्नुपरे ‘घ्याम्पे’ भन्छन् कि भन्दैनन् कुन्नि

आज भन्दा ठिक २२ वर्ष अघि कास्की जिल्लाको पर्क्यु भन्ने सानो गाउँमा जाने मौका मिल्यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्दा वार्षिक रूपमा सबै कर्मचारी एकै पटक सबै गाउँमा पुग्ने गर्थ्यौँ। तर त्यो गाउँमा हामी पहिलो पटक पुगेका थियौँ l अघिल्लो वर्ष पोसी भन्ने ठाउँबाट गाउँलेले लखेटे पछि १ वर्षसम्म त्यो क्षेत्रमा जान हम्मे हम्मे पर्‍यो। हामीसँग काम गर्ने जेटिए बाको प्रयास पछि त्यो ठाउँमा हाम्रो स्वागत हुँदै थियो। हिउँदको बेला थियो l बेलुका घिउ लगाएर स्टिलको गिलासमा कोदोको रक्सी… पुरा पढौ

काेराेना त्रासमा नयाँ वर्ष २०७८ लाई यसरी गरियाे स्वागत

पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे । नयाँ वर्ष २०७८ काे पहिलो दिन बुधबार पोखराको फेवातालको मध्यभागमा… पुरा पढौ