
पोखरा : चिसो मौसम, साँझको समय, गीत सङ्गीतको माहोल, खचाखच दर्शक । पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा शुक्रबार साँझ भएको कन्दरा लाइभ कन्सर्टमा हजारौँ युवा युवती झुमे । गृह नगर पोखरामा कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गर्दै गर्दा चिसो मौसममा माहोल तातेको थियो ।
युवा युवती गीत संगीतमा झुमेका थिए । तिमी पारी, लेककी हे माया, तगारोमा रुमाल राखी, हङकङ पोखरा लगायतका चर्चित गीत मुख्य भोकलिष्ट विवेकले पोखरेली दर्शक तथा श्रोताको मन जितेका थिए । गायक श्रेष्ठ गीत प्रस्तुत गर्ने क्रममा विगतका दिन सम्झँदै भावुक समेत बने । गायक विवेक श्रेष्ठ आफ्ना नयाँ पुराना गीत लिएर प्रस्तुति गर्दै गर्दा उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पङ्कज झाले साथ दिएका थिए ।
५० को दर्शकमा पोखरामा उदाएको कन्दरा ब्यान्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ यति बेला ब्यान्डलाई पुनः स्थापित गर्ने गरी लागिरहेका छन् । सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भएको कार्यक्रम सातै प्रदेशमा आयोजना गर्ने कार्यक्रम रहेको छ । कन्सर्टले सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास पर्यटन व्यवसायीले गरेका छन् ।गीत सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्धनको साथै वातावरण संरक्षणमा लाग्न पनि गायक श्रेष्ठले कन्सर्टमा सहभागीलाई अनुरोध गरेका थिए ।
२१ वर्ष विदेश बिताएका गायक श्रेष्ठले आधा दशकदेखि पोखरामै छन् । आफू कहिल्यै बिदेसिन नचाहेको बताउँदै कुनै पनि कलाकारलाई बिदेसिन नदिएर यहीँ बस्ने वातावरण बनाइदिन पनि उनले यस अघि आयोजित पत्रकार सम्मेलनमा आग्रह गरेका थिए । २०५० मा चञ्चले कान्छी पहिलो एल्बमको रुपमा निकालेको कन्दराले २०५२ मा दोस्रो एल्बमका रुपमा डाँडा पारी ल्याएको थियो । २०५५ मा हङकङ पोखरा, २०६२ मा चौथो एल्बम वर्षौँपछि ल्याएको थियो । २०७२ मा भेडिगोठमै एल्बम बजारमा ल्याएको थियो ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…