
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक अवरोध र हावाको तापक्रममा आउने परिवर्तनलाई मानिन्छ।
बाक्लो हिउँ र सामान्य सिमसिम पानी मात्रै पर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ जिल्लामा भारीवर्षा हुन थालेपछि जनजीवन प्रभावित हुदै गएको छ । कम पानी पर्ने वातावरणमा बनेका माटोका घरका विकल्पमा जानु पर्ने, कम पानी पर्ने वातावरणमा लगाइने खेती प्रणालीमा पनि असर परेको स्थानीय बताउँछन् । पछिल्ला वर्षहरूमा सिमसिम पानी मात्र पर्ने यी जिल्लाहरूमा ठूलो पानी पर्न थालेपछि प्राकृतिक संकट निम्तिन थालेको हो ।

वर्षा संगै हिमाली जिल्लामा बाढी पहिरोको प्रकोप बढेको छ। असोज ९ देखि ११ गतेसम्म तीन दिनको अविरल वर्षाको प्रभाव मनाङ र मुस्ताङमा पनि परेको हो । बाढीले चामे बजारका ४ घर बगाए भने अन्य ४ घरमा क्षति पुर्याएको छ। मुस्ताङ जिल्लामा पनि दुई वर्षअघि कागबेनीमा यस्तै प्रकृतिको घटना भएको थियो। हिमाली क्षेत्रमा प्राकृतिक नियम तोडिने गरी जलवायु परिवर्तन भएको छ। यसैको असर स्थानीयले भोगिरहेका छन्। बाढीले मनाङको चामे बजारको पक्कीपुल पुरिएको छ । बाढीले पु¥याएको क्षति तस्बिरमा ।

बाढीको क्षतिको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…