
पोखरामा बुधबारदेखि सुरु भएको आरयू फेस्टुमा अपसाइकल गरिएका विभिन्न डिजाइनका पोशाक प्रयोग गरेर फेसन सो आयोजना गरिएको छ। वर्षौंदेखि प्रयोगमा नआएका कपडालाई अपसाइकल गरी विभिन्न डिजाइनमा तयार पारिएका पोशाक लगाएर युवाहरू फेसन सोमा सहभागी भएका छन्। यस फेसन सोले वर्षौंदेखि घरमै थन्किएका कपडालाई अपसाइकलमार्फत नयाँ डिजाइन दिएर पुनःप्रयोग गर्न सकिने सन्देश दिएको आयोजकले बताएका छन्।
तालैतालको सहर पोखराका ताल, नदी, खोला र खेतहरू फोहोरको उचित व्यवस्थापन हुन नसक्दा प्रदूषणको चपेटामा पर्दै गएका छन्। फेवातालमा मिसिने फिर्के र बुलौदी खोलामा जथाभावी फ्याँकिएका प्लास्टिकजन्य फोहोर वर्षायाममा ठूलो पानी पर्दा तालमा मिसिँदा ताल प्लास्टिकमय बन्न पुगेको छ। प्लास्टिक मात्र होइन, सिसाका बोतल, क्यान लगायत एक पटक प्रयोग गरेर जथाभावी फ्याँक्दा ताल, नदी, खोला, खेत, बारी र सिमसार क्षेत्र प्रदूषणको चपेटामा परेका छन्। यिनै फोहोरबाट आम्दानी र हरित रोजगारको बाटो देखाउने उद्देश्यले पोखरामा आरयू फेस्ट २०२६ सुरु भएको हो।

आरयू फेस्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीव्र सहरीकरण र औद्योगिकीकरणका कारण विश्वमै फोहोर व्यवस्थापनमा चुनौती थपिएको समयमा फोहोरलाई न्यूनीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनासँग जोड्ने यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। उनले स्थानीय तहसँग मिलेर तीनै तहका सरकारको सहकार्यमा फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा प्रदेश सरकार सधैँ तत्पर रहेको उल्लेख गरे। आर्थिक विकास र वातावरण संरक्षण सँगसँगै जानुपर्नेमा पनि उनले जोड दिए।
फेस्टले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। रिसाइकल तथा अपसाइकल उद्योगलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्य पनि रहेको महानगर प्रमुख आचार्यको भनाइ छ। दिगो फोहोर व्यवस्थापनका उपायहरूबारे पनि कार्यक्रममा जानकारी दिइनेछ। साथै, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना बढाइने कार्यक्रम रहेको छ।

ुरिथिंक २०२६ः फ्रम वेस्ट टु वर्थु भन्ने नाराका साथ पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइक्का) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा महोत्सव भइरहेको छ। रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो।
पोखरा इभेन्ट सेन्टरमा बुधबारदेखि दुई दिनसम्म चल्ने फेस्टमा प्लास्टिकका बोतललाई प्रशोधन गरेर फाइबर निकाली त्यसबाट सिरक र सिरानी बनाएर प्रदर्शनमा राखिएको थियो। यसैगरी, प्लास्टिकजन्य फोहोरबाट प्लाई, फर्निचर, कलात्मक आकृति, आर्ट र ब्लक समेत बनाएर प्रदर्शनी गरिएको छ। आरयू उद्यमीमार्फत उत्पादित सामग्रीहरू र नवीन अभ्यासहरूको प्रदर्शनी गरिएको छ।




पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…