
पोखरा : पोखराको बैदाम स्थित तालबाराही माविलाई १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर सहयोग प्राप्त भएको छ । नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लियाले ७ लाख र भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराले ८ लाख गरेर कुल १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर सोमबार सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक द्रोणराज भुर्तेलले बताए ।
कक्षा १ देखि ५ कक्षा सम्मका विद्यालयका विद्यार्थीकालागि आवश्यक फर्निचर विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष गोविन्दराज पहारीको पहलमा नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लिया र भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराबाट प्राप्त भएको पनि सहायक प्रधानाध्यापक भुर्तेलले बताए ।
फर्निचर हस्तान्तरण कार्यक्रममा बोल्दै भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराका संस्थापक विपिन भण्डारीले विद्यार्थीको पढाईलाई सहज बनाउने कार्यमा सहयोगी बन्ने पाएकोमा खुशी व्यक्त गरे । भण्डारीले आफू पनि सरकारी विद्यालयमा घर धन्दा गर्दै अध्ययन गरेको बताउँदै मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । स्वदेशमै उद्यमशीलताबाट आफू खुशी रहेको बताउँदै भण्डारीले नाफा अस्टे«लिया र आफ्नो संस्थाले विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा ताल वाराही माविका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले आफ्नो अध्यक्षको ६ महिने कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक अवस्थाको सुधार र विद्यालयको जग्गा संरक्षणको काम गरेको बताए । फर्निचर प्राप्तिले बालबालिकालाई सहजपुरमा अध्ययन गर्न सुविधा मिल्ने बताउँदै सहयोग दातालाई धन्यवाद दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष जगबहादुर पहारीले विद्यालयमा गुणस्तरीय पढाईमा ध्यान दिन सुझाए । पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विद्यार्थीको सहज पठनपाठनलाई सहयोग गर्ने कार्यले विद्यार्थीलाई अध्ययन गर्न थप हौसला मिल्ने बताए । कार्यक्रममा सहभागीलाई विद्यालयका सहायक प्रधानाध्यापक यदु पोखरेलले स्वागत गरेका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…