
पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ४ जना विद्यार्थी र एक जना अस्पताल जान लिफ्ट मागेका यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिएका छन् । विद्यार्थी, चालक, अस्पताल जान लिफ्ट मागेका एक यात्रु सहित २२ जना लिएर विद्यालय तर्फ जाँदै गरेको कालिका ईङ्गलिस बोडिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस ओख्लेको भिरबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति

तस्बिर : सागरराज तिमिल्सिना
स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको पोखरा महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले बताएका छन् ।
वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् । छानबिन समितिलाई पाँच दिन भित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।



पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…