
कोभिड—१९सङ्क्रमणको जोखिम कायमै रहेको बेला पशुबाट मानिसमा सर्ने निपाह भाइरसको चिन्ता थपिएको छ । भारतको केरला राज्यमा गत आइतबार १२ वर्षीय एक बालकको निपाह भाइरस सङ्क्रमणबाट मृत्यु भए संगै चिन्ता बढेको हो ।
भारतमा निपा भाइरस सङ्क्रमण देखिए संगै कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेत गराउँदै आएको स्वास्थ्य मन्त्रालयले कोभिड संगै निपाह भाइरसको सङ्क्रमणबाट बच्न पनि अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मंगलबार कोरोना सङ्क्रमण संगै निपाह भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई अपील गरेका थिए । निपाह भाइरस पशुबाट मानिसमा सर्छ ।
भारतको केरलामा ज्यान लिइसकेकोले नेपालमा पनि सङ्क्रमण बढ्ने त्रास बढेको हो । यो भाइरस प्राकृतिक रूपमा चमेरोमा पाइने वैज्ञानिकहरूले पत्तालगाएका छन् । चमेरोमा पनि ‘फ्रुट ब्याट’नाम चमेरोको प्रजातिमा पाइने बताइएको छ । यो प्रजातिको चमेरो नेपालको राजधानी काठमाडौंमा मात्र होइन अन्य स्थानमा पनि पाइने भएकोले सङ्क्रमणको जोखिम उच्च रहेको विज्ञको भनाइ छ । प्राणघातक निपाह भाइरसको कुनै भ्याक्सिन र औषधी बनेको छैन त्यसैले यसलाई हेलचेक्र्याइँ गर्न नहुने डा पौडेलले बताए । यो भाइरसको मृत्युदर पनि उच्च रहेकोले पनि सबै सचेत र सतर्क हुनुपर्ने उनले बताएका छन् ।
निपाह भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, बेहोस बनाउने र कोमोमा समेत पु¥याउने गरेको उनले सुनाए । नेपालमा भने अहिलेसम्म निपाह भाइरस पुष्टि भइसकेको छैन । नेपालमा पुष्टि नभए पनि छिमेकी देश भारतमा सङ्क्रमण देखिएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत रहन स्वास्थ्य मन्त्रालयले अपिले गरेको छ । यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्य चौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेका छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार दक्षिण एसियामा पहिलो पटक यसको सङ्क्रमण सन् २००१ मा बंगलादेशमा देखिएकाे थियो । त्यतीबेला सन् २००१ देखि २०१५ सम्म बंगलादेशमा २ सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ९८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भारतमा सन् २०१८ मा १९ जामा निपाह भाइरस सङ्क्रमण पुष्टि भएकाे थियाे । सङ्क्रमित मध्ये १७ जनाकाे ज्यान गएकाे थियाे । निपाह भाइरस सङ्क्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने जोखिम रहेको बताइएको छ । सङ्क्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गरेमा पनि सङ्क्रमणको जोखिम हुने विज्ञहरूले बताएका छन् ।
निपाह भाइरसको लक्षण
निपाह भाइरसको सङ्क्रमण भएको मानिसलाई रिंगाटा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने, घाँटी दुख्ने लगायतका लक्षण देखिन्छ । यस्तो अवस्था पछि बिस्तारै चक्कर लाग्ने, निन्द्रा लाग्ने, बेहासे हुने गरेको छ । यसको साथै कसैलाई निमोनिया र गम्भीर स्वासप्रस्वासको समस्यासमेत देखापर्ने विज्ञले बताएका छन् । इन्सेफेलाइटिस बढ्दै जाँदा मानिस कोमोमा समेत पुग्नसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।
निपाह भाइरसको सङ्क्रमणबाट मानिस पूर्ण निको हुन सक्छन् । तर गम्भीर इन्सेफेलाइटिस भएका मानिसहरुमा सङ्क्रमण मुक्त भएपछि पनि रेसिड्युल न्यूरोलोजिकल अवस्था रहने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालमा सङ्क्रमणबाट बच्न सजग रहनु नै सबैभन्दा उत्तम उपाय हो ।
भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत रहेका छन् । चाडपर्व नजिकिँदै छ । यसैले भारतक विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम रहेकोले सबै सजग रहनु पर्ने अवस्था रहेको छ । निपा भाइरसको लक्षण जस्तै देखिएमा सङ्क्रमण भए नभएको यकिन गर्न प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउनु पर्छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…