
पोखरा : नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा लाइभ कन्सर्ट गर्ने भएको छ । पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा मंसिर २३ गते लाइभ कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो मौसममा संगितको माध्यमबाट न्यानो माहोल तयार गर्ने भएको छ ।
पोखरामा ज्ञढठद्ध ब्म् को लाइभ कन्सर्ट हुने भएपछि फ्यान उत्साहित भएछन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो। व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याजलगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ ।
व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार म्यानेजर हरि पौडेलले बताए ।उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ती स्तुप, रानी बनको दृश्य हेर्न सकिने बताए । म्युजिक सँगै खानामा रमाउन सकिने पौडेले बताए ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…