
फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए ।
टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो ।
मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ । यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन । यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेका छन् ।
चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेर मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…