समाचार

केराका कुरा : स्थानीय जातहरु लोपोन्मुख अवस्थामा

‘असल मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलोकिता सेता मूला कि त बरु हवस् साग उसकोअसल हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरीभुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी !’  –आदिकवि भानुभक्त आचार्य माथि उल्लेखित आदिकवि भानुभक्त आचार्यका कविताका पङ्क्तिले त्यति बेलाको पहाडी खाजाको स्वादको वर्णन गरेको छ । मुङ्ग्रे केरा, मही, मूला, साग, मकै उति बेलाका खाजा हुन्। यसैभित्रको एक हो मुङ्ग्रे केरा। मलेखु चांबासको केरा पसलको शृङ्खलाले यात्रुहरूलाई मनै लोभ्याउँछ। भात खान दसैँ पर्खन पर्ने पाखो खोस्रेको घैया,… पुरा पढौ

कास्कीमा निषेधाज्ञा खुकुलो, निजी गाडी जोरबिजोर आधारमा चल्ने

कास्कीमा खुकुलो गरेर थप एक साता निषेधाज्ञाबढाइएको छ । निषेधाज्ञा खुकुलो भएसगै निजी सवारीसाधन जोरबिजोर बार आधारमा संचालन हुने छ । यसै गरी विभिन्र पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने छ। कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार ८ देखि १५ सम्म निषेधाज्ञा खुकुलो बनाएर अवधि बढाउने आदेश जारी गरेका हुन् । कोरोना संक्रमणको दोस्रो लहर संगै वैशाख १५ देखि सुरु निषेधाज्ञा अवधि असार ७ गते मध्यरातसम्म कायमै थियो। आदेशानुसार… पुरा पढौ

चितुवालाई आक्रमण गर्ने लाटोकोसेरो

चट्टान माथि बसिरहेको चितुवालाई लाटोकोसेरोले गरेको आक्रमणलाई अनौठो रूपमा लिइएको छl भारतको राजस्थानमा घटेको घट्नामा उल्लेखित दुवै वन्यजन्तु नेपालमा पनि अभिलेख गरिएको छl नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोहरु मध्ये हाप्सिलो (चितुवा आक्रमण गर्ने) प्रजातिको लाटोकोसेरोको मुख्य आहारा भने  मुसा, भ्यागुता, छेपारो, खरायो, सर्प आदी हुन्l तर नेपालमा पाइने अन्य ठुला प्रजातिका लाटोकोसेरोहरूले दुम्सी, मृगको बच्चा, बिरालो समेत मारेको अभिलेख छl लाटोकोसेरोले ओथारो बसेको बेला वा बच्चा हुर्काउँदै गर्दा निकै आक्रामक हुने गर्छl यही कारणले चितुवालाई आक्रमण गरेको हुन् सक्छ l… पुरा पढौ

बाढी हिजो पनि आउँथ्यो तर आज बाढी यमराज बनेर किन आउँछ?

दुई दिन देखी अनवरत बर्साद भइरहेको छ,अझै केही दिन भइरहने प्रक्षेपण गरिएको छ। दुई दिनको बर्सादको बाढीले भइरहेको धनजनको क्षति हेर्दा आउने दिनहरु अझ बीभत्स हुने आङ्कलन गर्न सकिन्छ। किनभने बर्सादको निरन्तरतामा बाढीले गर्ने क्षतिको अनुपात बढ्दै जान्छ। पानी हिजो पनि पर्थ्यो। यो भन्दा पनि ठुलो पर्थ्यो। अहिले आउने भन्दा अझै ठुलो बाढी आउँथ्यो। बाढी आउँदा किसानहरु हर्षले गदगद हुन्थे। किनभने मूलहरू फुट्थे ,टारी टुक्रामा धान रोप्न पाइन्थ्यो ,पाखामा भल छोपेर धान रोपिन्थ्यो। गैह्री खेतमा बाढी पसेर जङ्गलको झारपातपातहरु ढले… पुरा पढौ

असारको पहिलो दिनमै हिमाल देखि तराइ सम्म भारी वर्षा, रेनस्याडो जोनमै बाढीको ताण्डव

पोखरा : असार महिनाको पहिलो दिनमै देशभर हिमाल, पहाड देखि तराईसम्म वर्षाले वितण्डा मच्चाएको छ। भारी वर्षाको कारण हिमाल, पहाड र तराईका खोला, नदी किनारका घर जोखिममा परेका छन्। पहाडी क्षेत्रमा नदी, खोलामा आएको बाढी र पहिरोले स्थानीय विस्थापित भएका छन्।  रेनस्याडो जोन रूपमा परिचित हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा पनि यस वर्ष असारको पहिलो दिनमै  ठुलो वर्षाको कारण वितण्डा मच्चाएको छ। हिमालपारिको जिल्ला निकै कम पानी पर्ने जिल्लाको रूपमा परिचित जिल्ला हुन्।  लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङका विभिन्न स्थानका नागरिक… पुरा पढौ

बाढीको वितण्डा : सतर्क रहन सर्वसाधारणलाई आग्रह (भिडियो समेत)

सोमबार देखिको लगातार वर्षाका कारण गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढीले भौतिक संरचनाहरूको क्षति गरेको छ। मनाङ जिल्लाको चामे बजारको घट्टे खोला र च्यट्टु खोलामा आएको बाढीले ६ वटा घरमा क्षति गरेको स्थानीयहरूले बताएका छन्। बाढीका कारण अन्य घरहरूसमेत जोखिममा रहेका छन्। यी दुवै खोलामा आएको बाढीका कारण चामे बजार निकै जोखिममा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले बताए। बाढीको कारण मनाङ जिल्लामा विद्युत् र सडक अवरुद्ध हुनुका साथै विद्युत् अवरोधका कारण सञ्चार… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासकाे मत लिन असफल, प्रदेशसभा बैठकमा जे देखियाे (फाेटाे फिचर)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन प्रदेशसभा बैठक बसेको थियो । वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मङ्गलवार प्रदेशसभामा पत्र दिएका थिए । यसै अनुसार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन भने असफल भए । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषण गरे । गण्डकी प्रदेशसभामा विश्वासमा मत माग्दै मुख्यमन्त्री… पुरा पढौ

पाेखरामा चिनियाँ भेरो सेल खोप लगाइयाे

पाेखराका विभिन्न वडा कार्यालय र स्वास्थ्य चाैकीमा बिहीबार कोरोना भाइरसविरुरद्धको खोप लगाइएकाे छ । खाेप लगाउन स्वास्थ्य चाैकी र वडा कार्यालयमा भीड लागेको थियाे । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ पाेखरामा बिहीबार लगाइएकाे हाे । याे खाेप ६२ बर्ष पुरा भएका देखि ६५ वर्ष मुनिका नागरिकलाई मात्र लगाउने गरी पाेखरा महानगरपालिकाले यस अघि तालिका सार्बजनिक गरेकाे थियाे । पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे थियाे। यसअघि… पुरा पढौ

अफ्रिकाकी एक महिलाले जन्माइन् एकै समयमा १० बच्चा

दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । ३७ वर्षीया गोसियामे थमराले ७ बालक र ३ जना बालिका सहित एकै समयमा १० बच्चा जन्माएकी हुन् । याे संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् । पुरा पढौ