
नेपालमा पछिल्लो समयमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । संसद्बाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल आएकी हुन् । एमसीसीको विषयमा नेपालमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ ।
नेपालको चारदिने भ्रमणकालागि आएकी उपाध्यक्ष फातिमाले शीर्ष नेताहरु संग भेट्ने कार्यसूची रहेको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एपसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बताइएको छ । नेपालका पार्टीहरुमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला भएको सुमारको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एसीसी परियोजना कार्यान्वयनको अस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
विरोधमा प्रदर्शन
एपसीसी उपाध्यक्षको आगमन भइरहदा परियोजनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर मिलिनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको हो । उनि बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी थिइन् ।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा अझै अगाडि बढ्न सकेको छैन । एमसीसी अमेरिकी सैन्य गठबन्धन र सुरक्षा रणनीतिसँग यसको सम्बन्ध रहेको भन्दै नेपालमा विरोध भइरहेको छ । हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विषयमा एमसीसीले जवाफ पठाएर एमसीसी अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणतीनिसँग यसको सम्बन्ध नभएको जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…