समाचार

पोखरामा २७ गतेदेखि कोरोना खोप भेरोसेल लगाईदै ठाउकाे सूचीसहित

पाेखरा महानगरपालिकामा २७ गते चीनबाट आएकाे भेराेसेल खाेप लगाइने भएकाे छ । याे खाेप ६२ बर्ष पुरा भएका देखि ६५ वर्ष मुनिका नागरिकलाई मात्र लगाउने गरी पाेखरा महानगरपालिकाले साेमबार तालिका सार्बजनिक गरेकाे हाे । पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे हाे । यसअघि ६५ वर्षमाथिका बृद्धबृद्धालाई खाेप दिइएकाे थियाे । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय अनुसार पाेखरामा जेठ २७ गते दिइने भएकाे… पुरा पढौ

सगरमाथा सहित छ हिमालबाट फोहर सङ्कलन

नेपाली सेनाकाे अगुवाइमा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम सहित ६ हिमालको सफा गरिएकाे छ । सफा हिमाल अभियान-२०२१ मा २७ हजार ६७१ केजी फोहोर संकलन भएको छ । संकलन भएको फाेहाेर मध्ये २५ सय ५  केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको नेपाली सेनाले बताएकाे छ । नेपाली सेनाले जंगी अड्डामा भर्चुल कार्यक्रम गर्दै यस वर्षकाे सफा हिमाल अभियान सम्पन्न भएको जानकारी गराएको हो। सफाइ अभियान २०७७ चैत ३१ गतेबाट सुरु भएर जेठ १५… पुरा पढौ

सकियो डिजिटल फोटो सम्मेलन: उत्कृष्ट प्रकृतिका फोटोहरू

नेपालमा गरिएको फोटो गोष्ठीमा उत्कृष्ट भएका फोटोहरूको घोषणा भएको छ l उक्त गोष्ठीमा ऋषि बरालको घाइते राज गोमन प्रथम, टियचसी फोटोग्राफीको  मलाहा हुचील दोस्रो र  प्रमोद न्यौपानेको बाटोमा हिँड्दै गरेको कछुवा तेस्रो भएको थियो l उनीहरूले क्रमशः २०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् l उक्त फोटोहरूको मूल्याङ्कन समूहमा सोभाना उपाध्याय, सागर गिरि, डा. तुलसी सुबेदी र डा. उत्तम बाबु श्रेष्ठ रहेका थिएl यो कार्यक्रमको  आयोजना सोसाईटी फर कन्जरभेसन् बायोलोजी नेपाल शाखाले गरेको थियो l ११९ जना… पुरा पढौ

फेवातालका डुंगा चालकलाई राहतमा खाद्यान्न

कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउनको कारण हातमुख जोर्न समस्या झेल्दै आएका पोखराको फेवातालका डुंगा चालक मजदुरहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका छन् । पोखराको बाराही घाट पुगेर रेवान पाेखरा र आर्ट अफ लिभिङले ८५ जना डुंगा चालकलाई प्रति व्यक्ति २५ किलो चामल, दाल, नुन, मसला लगायत खाद्य सामाग्री उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । लकडाउनका कारण बेरोजगार बनेपछि देशका बिभिन्न जिल्लाबाट पोखरा आएर यहाँ डुंगा… पुरा पढौ

कोरोना सङ्क्रमित बोक्न एम्बुलेन्स चालकको एकान्त बास

पोखरा: कास्कीको मादी गाउँपालिका ५ चितेपानीका ४० वर्षीय रोशन सापकोटा पर्यटन प्लेटको गाडी चलाउँदै आएका थिए। कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएपछि उनको नियमित काम रोकियो। लकडाउनमा उनी गाउँ फर्किए। गाउँमा प्रशस्त जग्गा जमिन भएकोले खेती किसानीमा व्यस्त थिए। देशै भर कोरोना सङ्क्रमण बढ्दै गयो। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि सङ्क्रमण दर बढ्दै गएको थियो। मृत्युको सङ्ख्या पनि बढ्न थाल्यो। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पतालसम्म बिरामीलाई पुर्‍याउने एम्बुलेन्सको पनि अभाव हुन थालेको थियो। यसै क्रममा पोखरा पर्यटन परिषद्का पूर्व… पुरा पढौ

चीनमा ‘पहिलो पटक’ मानिसमा भेटियो बर्डफ्लू

चीनमा पहिलो पटक मानिसमा बर्डफ्लू भेटिएको छ । ४१ वर्षीय एक पुरुषमा दुर्लभ प्रकारबाट बर्डफ्लू संक्रमित भएको पुष्टि भएको हो। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनि पहिलो मानिस भएको बताइएको छ। कसरी सर्‍यो  भन्ने बारे बृस्तित विवरण दिएको छैन्। H10N3 (एच१०एन३) नाम दिइएको यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। बर्डफ्लू संक्रमण भएका ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो। अहिले उनी निको भएर घर फर्किसकेको समाचारमा… पुरा पढौ

शंखेकीरा पालेर साबुन उत्पादन

फ्रान्समा शंखेकीराको र्‍याल सङ्कलन गरी साबुन बनाएर बिक्री गर्न थालिएको छ। फ्रान्सको एक उत्पादक कम्पनीले सौन्दर्य प्रशोधनको बजारमा सफलता पाउने विश्वासमा शंखेकीराको साबुन बनाएर बिक्री गर्न थालेको होl शंखेकीराको र्‍यालमा औषधीय गुण हुने विश्वास गरिएको छl साबुन बनाउँदा शंखेकीरालाई कुनै किसिमको हानी नपुर्‍याई बनाइने ती व्यापारीको भनाइ छ। फ्रान्सका वाहग्नीका २८ वर्षीय द्यामियाँ देरोशेले  शंखेकीरा प्रयोग गरेर साबुन बनाउँछन्। फ्रान्समा यसरी साबुन बनाउने उनी तेस्रो व्यक्ती हुन्। उनले साबुन बनाउनकै लागि ६० हजार शंखेकीरा पालेका छन् । शंखेकीराबाट र्‍याल  सङ्कलन  गरेर… पुरा पढौ

पर्यटनको बजेट बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यतिबेला काेराेना कहरले विश्व पर्यटन नै थला परेकाे छ । नेपालकाे पर्यटन उद्दाेग पनि काेराेना कहरसगै थला परेकाे हाे । पर्यटन व्यवसायीले थला परेकाे पर्यटन उद्दाेग बचाउन राहातका प्याकेजकाे माग गरेका छन् । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद… पुरा पढौ

४० माइक्रोनसम्मका प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । देशभर प्लाष्टिक प्रदूषण बढीरहेकाे छ । देशका प्रमुख सहरका नदी,खाेला, ताल र सहर बजार पनि प्लाष्टि प्रदूषणकाे चपेटामा पर्दै गएकाछन् । प्लाष्टिक प्रदूषण बढीरहेकाे अवस्थामा सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । सरकारकाे याे घाेषणाले प्लाष्टिक प्रदूषण नियन्त्रणमा महत्वपूर्ण हुने वातावरण संरक्षणकाे क्षेत्रमा काम गरेका संरक्षणकर्मीले… पुरा पढौ

अक्सिजन अभावले ७ संक्रमितको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ( गण्डकी अस्पताल) मा अक्सिजन अभावले सुत्केरी सहित ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामीले अक्सिजन नपाउँदा १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २/३ दिन अघिदेखि हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको अस्पतालका कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बराल बताएका छन्। यसले गर्दा अक्सिजन खपत बढी भएको बताइएको छ । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बरालले बताए । गण्डकी प्रदेशमा… पुरा पढौ