समाचार

विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए । मदिरा सेवनपछि बिरामी परेका… पुरा पढौ

वन्यजन्तु र चराचुरुङ्गीको तिर्खा मेटाउन वनमा पोखरी निर्माण

डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जङ्गली जनावर र मानव बिचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा आठवटा पानीको पोखरी निर्माण गरेको छ । देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।  वन जङ्गलको छेवैमा रहेका बस्तीमा पुगेर वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको प्रमुख सुबेदीले बताउनुभयो ।… पुरा पढौ

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । रासस पुरा पढौ

दुई महिनाको केटा सहित दुईवटा गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैंडा भेटिएका हुन् । ती गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले जानकारी दिए । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए ।… पुरा पढौ

दाङमा करिडोरको पहिचान गरी स्थापना गरियो चेतनामूलक बोर्ड

दाङको लमहीस्थित कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तैनी बाटो हो । वन्यजन्तु यही बाटो प्रयोग गर्दै बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसम्म पुग्छन् । लमही नगरपालिका क्षेत्रमा पुरानो र घना बोटबिरुवा भएको ठूलो वनजंगल क्षेत्र हो । यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । सोही कारण भएर पनि कर्री सामुदायिक वन क्षेत्रबाट अर्जुनखोला हुँदै अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तु ओहोर–दोहोर गर्दछन् र लमहीबाट… पुरा पढौ

कालीगण्डकी नदी डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सन नगर्न अन्तरिम आदेश दिएको छ।  प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराकाे एकल इजलासले कालीगण्डकीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा कालीगण्डकीको प्राकृतिक वहावलाई डाइभर्सन गरेर रिजर्भवालयल बनाउने काम गर्नु पर्यावरण प्रतिकुल नहुने भन्दै त्यो काम नगर्न नगराउन भनिएको छ। आदेशमा नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम निकासी गर्ने लगायत प्राकृतिक र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न भनिएको हाे ।  कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन सरकारले तयारी गरेपछि वातावरण संरक्षणकर्मीले रिट दायर गरेका… पुरा पढौ

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् ।देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह… पुरा पढौ

वन बढेर बाँदरको बिगबिगी

२०७५ साल असार महिना । अध्ययनको सिलसिलामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न गाउँहरू पुगेको थिएँ । मानव र बाँदर बिचको द्वन्द्वसम्बन्धी खोज गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ ।मौसमले भने खासै साथ दिएको थिएन । यो अध्ययनका लागि उपयुक्त समय पनि रहेनछ।  मानिसहरू धानको बिउ काढ्ने, आली लगाउने, खेत रोप्ने काममा व्यस्त थिए । उनीहरूलाई रोपाइँको चटारो थियो । म भने बाँदर देख्नै नपाइने हो कि भन्ने चिन्तामा थिएँ । पहिलोपटक असारमा जाँदा मैले कुनै… पुरा पढौ

वर्षा याममा यसरी पुरिन्छ फेवाताल (फाेटाे फिचर)

रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिँदै गएको छ। वर्षा याममा ठुलो परिमाणमा गेग्र्यान, कमेरो र माटो थ्रुप्रिंदै जाँदा ताल सङ्कटमा पर्दै गएको छ । जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थुप्रिन्छ। तालको गहिराइ पनि तीव्र रूपमा कम हुँदै गएको छ।  फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नापी विभागको… पुरा पढौ