
लकडाउन खुकुलो संगै पोखरामा बालबालिका, युवाहरू शारीरिक व्यायाम गर्न खेल्नकालागि खुला चौर, पार्क र मैदानमा निस्कन थालेका छन् । कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै विज्ञहरूले अस्पतालमा निश्चित बेड छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् ।
पोखराको मालेपाटन चौर, कोमागार्ने पार्क, वसुन्धरा पार्क लगायतका क्षेत्रमा बालबालिका, युवायुवतीहरू शारीरिक व्यायामकालागि निस्कन थालेका हुन् । युवाहरू फुटबल, भलिबल, टेबल टेनिस लगायतका खेल खेल्न व्यस्त हुन थालेका छन् । कोरोना सङ्क्रमण नियन्त्रण गर्न विद्यालयमा पनि अनलाइन कक्षा भइरहेको छ ।
अनलाइन कक्षा नभएको मौकापारी बिहान, बेलुका युवा विद्यार्थीहरू चौर, पार्कका विभिन्न खेल खेल्न व्यस्त हुन थालेका छन् । पोखरा रङ्गशालामा पनि जिल्ला प्रशासन सँग अनुमति लिएर खेलकुदका गतिविधि सुरु भएको जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष कञ्चन थापाले जानकारी दिइन् ।
कोरोना सँग जुध्न पनि शारीरिक व्याम हुनु निकै आवश्यक रहेको डाक्टर थानेश्वर पहारी बताउँछन् । पछिल्लो समयमा कोरोना सङ्क्रमण फेरि बढेकोले कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षामा भने ख्याल गर्नु पर्ने उनी सुझाउँछन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…