
सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई घर घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ । केन्द्रसम्म जान नसक्ने भएकोले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाइदिन अदालतले आदेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि सर्वोच्चको आदेशमा वडा वडा स्तरबाट लगत संकलन गरी घर—घरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउन विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ ।
नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संविधानमा संरक्षण प्रदान गरेको र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…