
भोजपुर : डिभिजन वन कार्यालयले वर , पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका त्यस्ता रुख मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ । वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो ।
धेरै मात्रामा वर, पीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको दाबी छ । वर पीपलको फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालयका प्रमुख विष्णुप्रसाद घिमिरेले बताए । उनले भने, “पछिल्लो समय धेरै वर्ष पुराना वर, पीपलका रूखहरु मासिँदै गएका छन् । अधिकांश ठाउँमा वर, पीपलका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानि पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्नेले लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।”
त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनहरुमा फलफूलजन्य बिरुवा तथा इक्कुस रोपनलाई ध्यान दिन आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा बाँदरले कम क्षति गर्ने कार्यालयको भनाइ छ । कार्यालय प्रमुख घिमिरेले भने, “हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरुलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक छ । वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । यसैले पनि हामीले खुल्ला क्षेत्रमा वर, पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।” रासस
समाचारमा रहेकाे तस्बिर सांकेतिक हाे । कास्कीकाे सार्दीखाेलामा सन् २०१० मा वर, पीपल संरक्षण अभियान अन्तर्गत पीपलकाे विरुवा राेप्दै हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । फाइल तस्बिर : इनेचर ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…