समाचार

चालीस माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिक मंसिर देखि उत्पादनमा पुन प्रतिबन्ध लगाइने

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८२ मंसिर देखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक उत्पादनमा रोकलगाइने बताएका छन् । सरकारले यस अघि नै ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० असारमा  विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जनाएको थियो । पुन अर्थमन्त्रीले बजेट भाषणमा समेटे पनि यसको कार्यान्वयन हुने नहुने यकिन हुन सक्ने अवस्था रहेको छ ।  प्लास्टिक… पुरा पढौ

पोखराको बासेको पधेरो क्षेत्रमा भेटियो बस्तीमा पानी लग्न प्रयोग गरिएका पुराना माटोका पाइप

पोखराको चारवटा वडाको सिमानामा पर्ने कैलाशेश्वर महादेव मन्दिर परिसर बासेको पधेरो नुवारथोकमा धेरै वर्ष पहिले बस्तीमा पानी लग्न गाडीएको अवस्थामा माटोको पाइप फेला परेको छ । स्थानीयहरूले पानी बस्तीमा लग्ने विस्तार गरिएकाे माटोको पाइप कहिले गाडीएको हो भन्ने नै थाहा नभएको बताएका छन् । बासेको पधेरो वर्षौ पुरानो मूलको स्रोत भएको पधेरो हो । यस पधेरोमा पोखरा ५, ६, ७ र १८ का बासिन्दा समेतले खानेपानीको प्रयोग गर्दै आएका छन् । यही पधेरोको पानी धेरै पहिले माटोको पाइप बनाएर बस्तीमा लगेको भेटिएको… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि समुदायमा सचेतना कार्यक्रम

पोखरा : किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार नियन्त्रण र उद्धारकालागि पोखरा १३ बिपी मार्गमा वडा नम्बर १२ र १३ का स्थानीयमाझ सचेतना कार्यक्रम गरिएको छ ।  मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि प्रकृतिका साथीहरू नामक संस्थाले सचेतना कार्यक्रम गरेको हो । लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन र उद्धार गर्ने तरिका समेत सिकाउन समुदाय माझ सचेतना कार्यक्रम गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।  अन्धविश्वासको कारण नेपालबाट कुन कुन… पुरा पढौ

सगरमाथा संवादकाे सफलता !

विश्वको छानो सगरमाथाको देश जलवायु परिवर्तनको असरका कारण समस्या झेलिरहेको छ । हिमनदीहरू पग्लनेक्रम बढेको छ । हिमताल उस्तै जोखिममा छन् । यसै कारणले हिमाली क्षेत्रमा पानीका स्रोत सुक्दै छन् ।  हिमालमा हिउँ पग्लनु, हिमताल सुक्नु पर्यावरण र सबै सजीव प्राणाीकालागि संकटको अवस्था निम्तँदै जानु हो । यो समस्या कुनै देशको सीमा भित्र मात्र रहदैन् । पृथ्वीकै समस्या हो । यही अवस्था विश्व समुदायलाई सुनाउने र जलवायु न्यायकालागि पैरवी गर्ने उद्देश्यले राजधानी र सगरमाथा आधार शिविरमा सगरमाथा संवादको आयोजना भएको… पुरा पढौ

हातबाट उडान भर्ने महत्वपूर्ण स्तनधारी प्राणी चमेरो

नेपालको आकाशमा बेलुकीको समयमा ससाना पखेटा फट्फटाउँदै उडिरहेको एक जीवले धेरैको ध्यान त तान्दैन, तर त्यो जीव चमेरो प्रकृतिका लागि असाधारण योगदान दिने स्तनधारी प्राणी हो । विज्ञानका विद्यार्थीदेखि वातावरणविद्हरूसम्मका लागि चमेरो अनुसन्धानको एक अनमोल विषय हो।चमेरो संसारका एकमात्र यस्तो स्तनधारी प्राणी हुन्, जसले सक्रिय उडान गर्न सक्छन्। तिनीहरू "Chiroptera" नामको वर्गमा पर्छन्, जसको अर्थ हुन्छ ूहातबाट उड्नेू। विश्वभर १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइन्छन् र नेपालमा मात्र ५५ प्रजातिको अभिलेख गरिएको छ। चमेराका दुई प्रमुख समूह फलारी र कीराहारी… पुरा पढौ

गिद्धदेखि गैँडासम्म : लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा

गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो। गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी… पुरा पढौ

संरक्षण क्षेत्रमा पासो थापेर मारिन्छन् डाँफे, मुनाल

 चरा र वन्यजन्तुलाई पासो, संरक्षणकालागि जासुसी क्यामेरा जडान गर्दै एक्याप अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाईको छ । बेला बेलामा यस्ता घटना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए । कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदै समेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए ।वन्यजन्तु संरक्षणमा अवैध चोरी सिकारी प्रमुख चुनौतीका रुपमा देखिँदै आएको पनि उनले… पुरा पढौ

नेपालकी रेशु बश्यालले जितिन २०२५ को ह्विटली अवार्ड

नेपालकी रेशु बस्यालले विश्वकै उत्कृष्ट मध्येको ह्विटली अवार्ड २०२५ पाएकी छन् । बस्यालले नेपालमा सुनाखरी (अर्किड) को प्रयोग र अवैध व्यापार नियन्त्रणको क्षेत्रमा काम गरेकोमा हरित क्षेत्रको ओस्कार पनि भनिने ह्विटली अवार्ड पाएकी हुन् । बेलायती परोपकारी संस्था, ह्विटली फन्ड फर नेचरले गत वर्ष ३ दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्वपूर्ण योगदान दिएका राजु आचार्यलाई अवार्ड प्रदान गरेको थियो । बाश्याललाई सुनाखरी (अर्किड) को संरक्षण, उपयोगिता र अवैध व्यापार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएकी छन् । सुनाखरीको औषधीय र सजावटी… पुरा पढौ

पोखरामा काव्य महोत्सव

प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि दुई दिने काव्य महोत्सव भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे । सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने

गरिनेमाछापुच्छ्रे, कास्की :  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले… पुरा पढौ