
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी र डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यो समाझदारीले वन्यजन्तु संरक्षण, चोरीशिकार नियन्त्रण, प्राकृतिक स्रोत, वनस्पतीको संरक्षणमा महत्वपूण रहने डब्लु डब्लु एफका अधिकारीले बताएका छन् । यस अघि १८ जुन २०१४ मा दुबै पक्ष बीच समझदारी पत्रमा हस्ताक्षर भएर सहकार्य भएको थियो । पहिलो सम्झौताले नेपालभरि चोरीशिकार सञ्जालहरु नियन्त्र गर्न र अवैध वन्यजन्तु व्यापारलाई नियन्त्रण गर्ने कामको सुरुवात भएको थियो । यसले गुप्तचर जानकारी साझेदारी बढाउन, कार्यान्वयन संयन्त्रमा सुधार गर्ने र वन्यजन्तु संरक्षणमा नेपालको नेतृत्वको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता बढाउने विश्वास गरिएको छ ।
नविकरण गरिएको सक्झौतापत्रले अवैध वन्यजन्तु व्यापार अन्त्य गर्ने र भावी पुस्ताकालागि नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्ने हाम्रो संयुक्त प्रतिवद्धतालाई बलियो बनाउने डा गुरुङले बताए । यस सझेदारी अन्तर्गतको एउटा उल्लेखनीय उपलब्धि परियोजना अन्तर्गत बागमती प्रदेशमा लागू गरिएको संयुक्त पहल हो । यस कार्यक्रमले निगरानीमा उल्लेखनीय सुधार गरेको, प्रवर्तन प्रतिक्रयाहरुलाई बलियो बनाएको र अवैध वन्यजन्तु बेचबिनको सामना गर्न संस्थागत क्षमताहरुलाई सुदृढ बनाएको बताइएको छ ।
यो तेस्रो एमओयू नवीकरण हो । यसले नेपालको अमूल्य जैविक विविधताको संरक्षण गर्ने दुबै पक्षको संकल्पलाई बलियो बनाउने बताइएको छ । कुनै एकल निकायले एक्लै वन्यजन्तु अपराध विरुद्ध लड्न सक्दैन । यसकालागि सबै पक्षको साथ र सहयोग चाहिन्छ । वन्यजन्तु र जैविक विविधताको संरक्षणकालागि बलियो समन्वय । साझा प्रतिबद्धता आवश्यक रहेको छ । व्यवसायिकता, नवीनता र दृढ संकल्पका साथ हाम्रा कार्यान्वयन प्रयासहरुलाई अगाडि बढाउने छौ अतिरिक्त प्रहरी महानिरीक्षक डा केसीले भने ।
तस्बिर : डब्लु डब्लु एफ नेपाल



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…