अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् । यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी…
पुरा पढौ