
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता, सस्कृति, जनजीवन म्युजिक भिडियोमा समेटिएको छ । बर्ड लाइफ इन्टरनेशनलको सिनियर एसिया पार्टनरसिप म्यानेजर डा हुमबहादुर गुरुङले निर्माण गरेको म्युजिक भिडियोले प्रकृति, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पग्ने भिडियो सार्वजनिक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
संरक्षण भिडिायो रोधिं प्लस युट्युब च्यानलमा हेर्न सकिन्छ । पर्यटकीय र जैविक विविधताले धनी सिक्लेस र वरपरको छायांकन गरिएको भिडियोको निर्देशन साजन गुरुङले गरेका हुन् । उनलाई सहायक निर्देशकका रुपमा अर्पण गुरुङले सजाएका छन् । मौसमी गुरुङ र कबिर गुरुङको अभिनय रहेको भिडियोमा दृश्य र सम्पादन टेकमान गुरुङले खिचेका हुन् । रंग संयोजन कबिर गुरुङ, प्रकाश व्यवस्थापन चन्द्र गुरुङ र श्रृंगार भीमसने गुरुङले गरेका छन् ।
शीतल कदम्बिनी गुरुङको शब्दमा रहेको गीतमा कृष्ण काफ्ले र ममता गुरुङको स्वर रहेको छ । भिडियोकाृ प्रवद्धन एक्याप मादी १ सिक्लेसले गरिरहेको छ । गीतले प्रकृति, संस्कृतिको महत्व र संरक्षणको सन्देश दिन खोजेको बर्ड लाइफ इन्टरनेशनलको सिनियर एसिया पार्टनरसिप म्यानेजर डा हुमबहादुर गुरुङले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख डा रविन कडरियाले गीतसंगीतमार्फत प्रकृति संरक्षणमा टेवा पुग्ने बताए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…