
प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जलवायु संकट नियन्त्रण गर्न विश्व मञ्चमा नेपाललाई जलवायु कूटनीतिको नेताको रुपमा उभ्याउँदै हिमाल पग्लने समस्या र त्यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय कोष आकर्षित गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिने निर्वाचनमा सर्वजर्निक गरिएको वाचा पत्रमा उल्लेख छ । स्वच्छ सहर र जलवायु कूटनीतिको विश्वव्यापी नेतृत्व गर्ने पनि उल्लेख गरिएको छ ।
विसं २०८७ सम्ममा वातावरणीय संकटलाई राष्ट्रिय सुरक्षाको अभिन्न अंग मान्दै काठमाडौं लगायत प्रमुख सहरहरुमा वायु प्रदूषणलाई ५० प्रतिशत ले घटाउने लक्ष्य हासिल गरिने बताइएको छ । चुरे दोहनलाई पूर्णत नियन्त्रण गरी मधेशको मरुभूमिकरण रोक्ने अभियान सुरु गरिने उल्लेख छ । विश्व मञ्चमा नेपाललाई जलवायु कूटनीति को नेताको रुपमा उभ्याउँदै हिमाल पग्लने समस्या र त्यसको क्षतिपूर्तिकालागि अन्तर्राष्ट्रिय कोष आकर्षित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिने उल्लेख छ ।
आधुनिक खानेपानी, सरसफाइ र वातावरणीय न्याय

यसै गरि रास्वपाको वाचा पत्रमा विसं २०८७ सम्म परम्परागत धारा वितणको तिरिकालाई पूर्णता विस्थापित गरी आधुनिक प्रविधिमा आधारित स्पमार्ट वितरण प्रणालीमार्फत् प्रत्येक नागरिकको घरमा २४ सै घण्टा स्वच्छ पिउने पानी र वैज्ञानिक ढल निकास सिनिश्चित हुने जनाइएको छ । सहरी क्षेत्रमा ढल र फोहोरमैला व्यवस्थापनलाई वेस्ट टु वेल्थ मोडलमा रुपान्तरण गर्दै एकीकृत प्रशोधन केन्द्रहरु मार्फत नदीहरुको पुनर्जीवन । व्यवसायिक प्राङरिक मल उत्पादन सुनिश्चित हुने उल्लेख छ ।
यसै गरी राजमार्ग, विद्यालय तथा सार्वजनिक स्थानहरुमा अत्याधुतिक र अपाङ्गतामैत्री सरसफाइका पूर्वाधार निर्माण गरी स्वच्छतालाई नागरिकको जीवनशैलीमा रुपमान्तरण गरिएको हुने छ वाता पत्रमा उल्लेख छ । काठमाडौं, पोखरा र विराटनगर जस्ता ठूला सहरहरुमा अत्याधुनिक सहरी ब्लु बस र विद्युतीय सार्वजनिक यातायातको एकीकृत सञ्जाल विस्तार गर्दै वैज्ञानिक रुट इजाजत प्रणाली र इन्टेलिजेन्ट ट्रान्सपोट सिस्टमको प्रयोगमार्फत यातायात क्षेत्रको सिन्डिकेट र अस्वस्थ प्रतिस्पर्धालाई पूर्णता खारेज गरी सवारी आगमनलाई सुरक्षित, प्रदूषणमुक्त र प्रविधिमैत्री बनाइने उल्लेख छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…