
फागुन २१ मा भएको निर्वाचनको समानुपातिक र प्रत्यक्ष निर्वाचनको परिणाम आए संगै राजनीतिक दलहरुको सिट संख्या निश्चित भएको छ । निर्वाचन आयोगले बिहीबार सामानुपातिक सिट बाँडफाँड गरेपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको आकार टुगो लागेको छ ।
जस अनुसार अघिल्लो निर्वाचनमा २२ सिट सहित चौथो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा दुईतिहाई पुग्न २ सिटको कमी भएको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी १८२ सिटसहित सबैभन्दा ठुलो दल बनेको छ। दुई सिटको कमीले रास्वपाले दुईतिहाइ बहुमत पुर्याउन सकेन। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट हुनुपर्छ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट प्राप्त गरेको छ भने नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट पाएको छ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ९ गरी १७, श्रम संस्कृति पार्टीले प्रत्यक्ष ३ र समानुपातिक ४ गरी ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष १ र समानुपातिक ४ गरी ५ सांसद बनाएका छन्।
यस्तै म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेर जितेका महावीर पुनले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नेछन्। पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समर्थन रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारलाई निस्क्रीय बनाएर निर्वाचनमा प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनलाई र समानुपातिक तर्फ घण्टीमा भोट दिन अनुरोध गरेका थिए ।
निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न दलहरूलाई बिहीबार नै पत्र पठाइसकेको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…