समाचार

जैविक विविधता संरक्षणको विषयलाई महत्व दिनुपर्छ – कांग्रेस महामन्त्री थापा

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने आवाज उठेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि विधेयकमा जैविक विविधता संरक्षणको विषयलाई महत्वका साथ उठाउनु पर्ने बताएका हुन्छ । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए । कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले बाताए ।… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि शिविर

मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सचेतना शिविर कार्यक्रम भइरहेको छ । प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा पोखरा २३ वामदी स्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर भएको हो ।  स्थानीय आमा समूह, जनप्रतिनिधि  युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जना भन्दा बढीको उपस्थितिमा भएको सचेतना शिविरमा लाटोकोसेरोको महत्त्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीका बारेमा जानकारी गराइएको थियो । सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले  वडामा लाटोकोसेरो… पुरा पढौ

यति एयरलाइन्सको जहाज दुर्घटनाको दुई वर्ष : आफन्तको उस्तै छ पीडा

७२ जनाको ज्यान जाने गरी यति एयरलाइन्सको जहाज दुर्घटना भएको दुई वर्ष पुगेको छ । आफन्त भने उस्तै पीडामा छन् । मंगलबार बिहानै विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त, साथी भाइ दुर्घटना स्थल सेती नदीको किनार पुगेर धूप बत्ती बालेर र पूजा गरेर आफन्तलाई सम्झिए । दुर्घटना स्थल पुगेका आफन्त स्मृति स्तम्भ अघि पुगेर भक्कानिएका थिए । दुई वर्ष अघि माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान… पुरा पढौ

कालीगण्डकी बचाउन प्रदर्शन

पोखरा ः कालीगण्डकीको एकोहोरो दोहनका कारण नदीको दुई तिहाइ भाग क्षय भएपछि संरक्षणकालागि दवाव दिन संरक्षणकर्मीले प्रदर्शन गरेका छन् । पर्वतको मोदीवेणी धाममा कालीगण्डकी बचाऔं अभियानले मंगलबार नदी किनारमा प्रदर्शन गरेका हुन् । ‘नदीको प्राकृतिक स्रोत, विशेष गरी ढुंगा, शिला, गिटी, बालुवाको अन्धाधुन्ध दोहनले कालीगण्डकीको दिगोपनलाई गम्भीर असर पारेको छ,’ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए । उनका अनुसार, ‘नदीमाथि भइरहेका अनियमित उत्खनन र पर्यावरणीय विनाशलाई पूर्णतः रोक्न अब सबैले जोड दिनुपर्छ ।’ प्राकृतिक स्रोतको दोहन र संकट… पुरा पढौ

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको सोमबार राति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवाले जनाएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका(१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका(१ का वडा अध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली काँग्रेसमा आबद्ध भइ राजनीतिमा… पुरा पढौ

“लुम्बिनी” न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले नवौं स्थानमा राखेको हो । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ( हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी… पुरा पढौ

लस एन्जलसमा आगो निभाउने प्रयास जारी

तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्। शक्तिशाली हुरीमाझ आगो निभाउने प्रयास जारी रहेको छ । विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन्। मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास… पुरा पढौ

रास्वपा सभापति रवि लामिछाने रिहा

पोखरा ः सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।काठमाडौं महानगरपालिका १४ मा… पुरा पढौ

चीनमा भूकम्पमा परेर कम्तीमा सय जनाको मृत्यु, सयौँ घर भत्किए

चीनमा मंगलबार बिहान तिब्बतको सिगात्से प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको ७।१ म्याग्निच्युडको शक्तिशाली भुइँचालोको कारण १०० जना भन्दा बढीको मृत्यु भएको छ । भुइँचालोले सयौंँ घरहरु भत्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नेपाल९चीन सीमा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७।१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त… पुरा पढौ

चीनमा देखा प¥यो एचएमपीभी भाइरस, कोरोना जस्तै भयानक त हुँदैन ?

पोखरा : चीनमा ह्यसमन मृटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण फैलिएको छ । एचएमपीभी भाइरस फैलिएपछि कोरोना जस्तै भयानक त हुने होइन भन्ने प्रश्न उठ्न थालेको छ । चिनियाँ अस्पतालमा बिरामी भरिभराउ भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले कोरोना जस्तै भयानक त हुँदैन भन्ने चिन्ता बढाएको छ । भारतमा पनि यस संक्रमण देखिएपछि नेपाल लगायत छिमेकी देशहरुमा चिन्ता बढाएको छ । एचएमपीभीका बिरामीहरु प्लु जस्तै लक्षण देखिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले यो भाइरससँग लड्न केही प्रोटोकल… पुरा पढौ