
वन कुकुरको वासस्थान सुधारकालागि कास्कीको पर्यटकीय गाउँ ताङ्तिङका स्थानीय समुदायले वन क्षेत्रबाट करिब २५० केजी प्लास्टिक संकलन गरेका छन्। संकलित प्लास्टिक पुनःप्रयोग गरी उपहार सामग्री बनाइने र छिट्टै बिक्री गरिने स्थानीयले बताएका छन् ।
गाउँदेखि परको वन क्षेत्रमा भएको यस सरसफाइ अभियानमा करिब ६८ जना आमा समूह, संरक्षण क्षेत्र व्यवस्थापन समिति, युवा क्लब, पर्यटन उपसमिति, टोल सुधार समिति, होमस्टे, होटल व्यवसायी लगायतको सक्रिय सहभागिता रहेको थियो। नौजु, सिक्लेस जाने बाटो तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरिएको हो। संकलित फोहोर अन्नपूर्ण संरक्षण क्षेत्र अयोजनाको सहयोगमा स्थापना गरिएको संकलन केन्द्रमा राखिएको छ।
ताङ्तिङमा मादी गाउँपालिकाअन्तर्गत वन कुकुर संरक्षणसम्बन्धी परियोजना सञ्चालनमा रहेको छ। प्रकृतिका साथीहरू संस्थाले वडा तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिसँग समन्वय गरेर आगामी दुई वर्षभित्र वासस्थान सुधार, नेचर गाइड तालिम, सूचना केन्द्र स्थापना, वन क्षेत्रमा पोखरी निर्माण र संरक्षण चेतना शिविर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
गाउँभित्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आमा समूहसँग मिलेर नियमित सरसफाइ गरिरहेको छ। हामी गाउँदेखि परको वन क्षेत्रमा रहेको फोहोर संकलन गरेर यसलाई जीविकोपार्जनसँग जोड्न चाहन्छौं कार्यक्रमको समन्वय गरिरहेका सुदर्शन पराजुलीले भने । यसले वन कुकुर लगायत अन्य वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
स्थानीय समाजसेवी तथा लेखक प्रकाश गुरुङले वासस्थान सुधारमा सहयोग पुग्ने यस्ता गतिविधिमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । लामो समयदेखि लोपोन्मुख अवस्थामा रहेको वन कुकुर यस क्षेत्रमा हराइसकेको अनुमान गरिए पनि करिब ८ वर्षअघि ‘प्रकृतिका साथीहरू’ संस्थाले गरेको क्यामेरा ट्रयापमा देखिएपछि यस क्षेत्रमा संरक्षण प्रयासहरू नियमित रूपमा अघि बढिरहेको बताइएको छ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…