स्वर्गकी अप्सरा पाताल झरेपछि !


     सरोज खड्का    
     जेठ १० गते २०७८ मा प्रकाशित


नेपालको  सबै भन्दा ठुलो ताल l रारा ताल l मुगु जिल्लामा रहेको यो तालको सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विस २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेका थिए।

रारा तालको कुल क्षेत्रफल १०.८ वर्ग किलोमिटर छ। सुन्दर हुँदा  हुँदै पनि टाढा भएकोले सोचेजति पर्यटकहरू तान्न सकेको छैनl हवाईजहाजबाट ताल्चा विमानस्थल हुँदै  वा मोटर बाटोबाट रारा तालको मुख्य प्रवेश द्वार सल्लेरी पुगे पश्चात  हिँडेर करिब ३० मिनेटमा रारा पुग्न सकिन्छl  कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड हेर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन।

यो तालको पुरा आकृति हेर्नकालागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो। घामको किरण, दिनभरको मौसम, विभिन्न सिजनहरूमा यो ताल फरक फरक देखिन्छ तर राम्रो पनि l  यो ताल हेरेर फर्कनेहरूले भन्ने गर्छन् ‘यो त स्वर्गको टुक्रा नै हो’l   

जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूलहरूले  स्वर्गकी अप्सरा झैँ देखिन्छ l रारा तालको शोभा रारा राष्ट्रिय निकुञ्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ।

लकडाउनपछि घुम्न जाने होइन त ? अहिलेलाई भने फोटोमा हेरौं यसको सुन्दरता l 

(सरोज खड्का रारा राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्छ l उहाँ वन्यजन्तुको संरक्षण र फोटोग्राफीमा रुची राख्नुहुन्छ)