
पर्यटकीय राजधानी पोखरामा गिद्ध संरक्षण कार्यशालाको तयारी गरिएको छ । कातिक २० गते एक दिने गिद्ध संरक्षण कार्यशाला हुने भएको हो । कार्यशालामा स्वदेशी तथा विदेशी गिद्ध विज्ञको सहभागिता रहने छ ।
गिद्ध संरक्षण, अनुसन्धान र आगामी गिद्ध संरक्षण योजना लगायतका विषयमा गिद्ध विज्ञहरुले प्रस्तुती दिने छन् । नेपाल, स्पेन, बुल्गेरिया, बेलायतका गिद्द विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल सहित २९ कार्यपत्र प्रस्तुत हुने छ । कार्यशालामा विश्वका अन्य देशमा गिद्धको अवस्था र नेपालमा संरक्षणका क्षेत्रमा भएका अनुभव पनि साटासाट गर्ने सेतो गिद्धमा विद्यावारिधि गर्दै गरेका गिद्ध विज्ञ कृष्ण भुसालले बताए ।
नेपाल पंछि संरक्षण संघ, हिमाली अनुसन्धान केन्द्र र पोखरा पंछि समाजको संयुक्त आयोजनामा हुने कार्यशालाले गिद्ध संरक्षणका क्षेत्रमा योजना बनाएर अघि बड्न थप सफलता मिल्ने विश्वास आयोजकको रहेको छ ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…