
बाघको वर्तमान अवस्था पत्ता लगाएर संरक्षणको योजना बनाउन नेपालका बाघ पाइने क्षेत्रमा गणना सुरु भएको छ । नेपाल सरकारले पुस १ गतेदेखि बाघ गणना गर्ने घोषण गरेअनुसार गण्ना सुरु भएको हो । प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ ।
बाघको गणना पुसको १ गने चितवन पर्वाबाट सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । चितवन पर्सा पछि बाँके बर्दियामा पनि गणना सुरु हुने छ । बाघको गणना क्यामेरा ट्रयापिङ गरेर गरिएको छ । ठाउँ ठाउँमा क्यामोको पासो राखेर गणना सुरु गरिएको हो । सन् २०२१ मा बाघ गणना भएको र २०२२ मा नतिजा सार्वजनिक भएको थियो । जस अनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, शुक्लाफाँटमा ३६ र पर्सामा ४१ वटा बाघ रहेको थियो । गणनापछि बाघको वर्तमान अवस्था कस्तो छ भन्ने पत्ता लाग्ने छ । बाघ गणना तीन महिना सम्म लाग्ने छ ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…