
पोखरा : हरितालिका (तीज) पर्व बुधबार देखि सुरु भएको छ । आज दर खाएर तीज मनाइँदै छ । दर खाने दिनसँगै चार दिन तीज पर्व नेपाली महिलाले मनाउँछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा अनुसार माइतीमा गएर दर खान यति बेला चेलीबेटीलाई हतारो छ । कोरोना सङ्क्रमण अझै नहराएको र झन् छिटो फैलने नयाँ भेरियन्टको भाइरस फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चेलीबेटीले तीज मनाउनु पर्नेछ ।
तीजमा दिदी बहिनी, आमाहरूले वर्ष दिनभर आफूलाई परेको दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गर्दछन् । आफू जन्मेहुर्केको घरबाट कर्म घरमा गई बस्दा पाएका सुख, दुःख गीतकाे माध्यमबाट महिलाले तीजमा सार्वजनिक गर्दै आएका छन् । नेपाली परम्परागत शैलीमा मनाइने तीज पछिल्लो समयमा भने नेपाली माैलिकता हराउँदै गएको छ ।
पछिल्लाे समयमा तीज पर्वमा तड्क, भडक देखिएकाे छ । नेपाली संस्कृतिलाई नै विकृतिका रूपमा लैजाने हाे कि भन्ने चिन्ता भएकाे नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी बताउँछन् । तड्क, भडक र तीजका नाममा उच्छृङ्खलता र मौलिक गीतको सट्टा विकृति भित्रिदै गएकाे उनले सुनाए । विकृति रोकेर सभ्य र मौलिक रूपमा तीज मनाउनु पर्नेमा उनी जोड दिन्छन् ।
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गर्दछ । कोरोना फैलन त्रासले भने यति बेला धेरै शिवालय बन्द छन् । पर्यटकहरू दिदीबहिनीहरू सँगै तीज गीतमा रमाएर नाच्दथे । यति बेला कोरोना सङ्क्रमणका कारण पर्यटन उद्योग नै सङ्कटमा परेको छ । कोरोना फैलनबाट रोक्न तीज पर्व पनि खुम्चिएर घर मै मनाउनु परेको छ ।
तस्बिरमा पाेखराकाे लामाचाैरमा काेराेना सङ्क्रमण अघिकाे तीज महाेत्सवमा रमाउदै पर्यटक ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …