समाचार

प्रसिद्ध पप गायिका शकिरा परिन् बँदेलको आक्रमणमा

पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्। च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्न, : हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्। पछिल्लो पीडिततिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए । पप गायिकाले भनिन सबथाेक… पुरा पढौ

धौलागिरी हिमालको चुचुरोमा पहिलो पटक पत्रकार पूर्णीमा सहित दुई नेपाली महिलाको पाइला

विश्वको सातौं अग्लो धौलागिरी हिमालको शिखरमा पहिलो पटक नेपाली महिलाको पाइला परेको छ । फोटो पत्रकार पूर्णीमा श्रेष्ठ र पासाङ लामु शेर्पा अंकिताले पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण गरेर शिखर चुमेका हुन् । सफल आरोहण संगै पहिलो पटक नेपाली महिलाले धौलागिरी हिमालको आरोहण गर्ने किर्तिमान उनिहरुले बनाएका छन् । सेभेन समिट टे«किङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते ८ हजार १ सय ६७ मिटर उग्लो धौलागिरी हिमालको आरोहणकालागि मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर आरोहणकालागि गएका थिए । पूर्णिमासहित… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै… पुरा पढौ

काेराेनाकाे कारण पाेखरामा थप ४ काे मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा ४ जनाकाे मृत्यु भएकाे छ । पाेखराका विभिन्न अस्पतालमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुने सबै कास्कीका हुन् । पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ । यसै गरी पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ । यसै गरी पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक… पुरा पढौ

कुकुर पाल्न पोखरामा पनि दर्ता अनिवार्य

कुकुर व्यवस्थापनमा समस्या देखिएपछि पोखरामा अव कुकुर पाल्न दर्ता गर्नु पर्ने भएको छ । कुकुर पाल्ने तर कुकुरका स्याहारसुसार नगर्ने अवस्थाका कारण पोखरा लगायत देशभर सडक कुकुरको सङ्ख्या बढ्दो क्रममा छ ।  यसैलाई ध्यानमा राखेर पोखरा महानगरपालिकामा बिहीबार देखि वडा कार्यालयबाट अनुमति पत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ बाट महानगरपालिकाले यो अभियान सुरु गरेको हो । दर्ता गर्दा प्रति कुकुर सय रुपैयाँ तिर्नु पर्ने छ । कुकुर पाल्ने तर स्याहार सुसार नगर्ने, सडक, पार्कमा… पुरा पढौ

हिमाली क्षेत्रमा नयाँ भ्यागुता र हाब्रेहरू

हिमाली क्षेत्रका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरेर नयाँ प्रजातिहरू पत्ता लगाउँदै छन् र आनुवंशिक विविधताको उजागर पनि गर्दैछन् । उनीहरूले पत्ता लगाएका कुराहरूले हिमाली क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणसित सिधा सम्बन्ध राख्दछन् । सन् २०१५को गर्मी याममा वन्यजन्तु वैज्ञानिक जनक खतिवडाले नेतृत्व गरेको टोलीले अरुण नदीको किनारैकिनार उत्तरतर्फ चार हप्ता हिँडेर नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने उच्च पहाडी क्षेत्रसम्म यात्रा गरेको थियो । टोलीको उद्देश्य नेपालको पूर्वी क्षेत्रमा रहेका ‘हेरेप्टोफाउना’ (घस्रने जीव तथा उभयचरहरू) को सर्वेक्षण गर्नु थियो । यात्रामा… पुरा पढौ

विष्णुमाझीको नयाँ गीत ‘दशैं तिहार आइसक्यो’ सार्वजनिक

‘चरी जेलैमा’ गीतबाट पछिल्लो समयमा थप खोजी भएकी र चर्चाको शिखरमा पुगेकी चर्चित गायिका विष्णुमाझीको दशैं तिहार गीत ‘दशैं तिहार आइसक्यो’ बुधबार सार्वजनिक भएको छ । तीजमा ‘चरी जेलैमा’ चर्चा पाए जस्तै ‘दशैं तिहार आइसक्यो’ गीतले पनि दर्शकले निकै मनपराएको देखिएको छ । सार्वजनिक भएको दुई दिन नबित्दै बिहीबार साँझ सम्म ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । यस गीतले पुनः दर्शक तान्ने अवस्था सुरुमै देखिएको छ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द… पुरा पढौ

फेवाताल मिच्नेनेलाई छोड्दैनौं—वाईसीएल संयोजक देवकोटा

योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रिय संयोजक सुमन देवकोटाले पोखराको फेवाताल अतिक्रमणमा परेको बताउँदै अब वाईसीएल चुपलागेर नबस्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक देवकोटाले फेवाताल मिच्नेलाई नछाेड्ने र चैनको निन्द्र सुत्न नदिने बताएका छन् । प्राकृतिक सम्पदा रक्षाकालागि वाईसीएल सधै लड्दै आएको बनाउँदै प्राकृतिक सम्पदालाई कब्जा गर्ने जोसुकै अपराधीलाई चैनको निन्द्र सुत्न नदिने उनले उनले बताए । वाईसीएलले पालिकामा भएका भ्रष्टाचारलाई खोतल्ने पनि बताए । पोखरा महानगरपालिका लगायत नगरपालिका र गाउँपालिकामा ठूलो बेरुजु रहेकोले यसलाई… पुरा पढौ