
पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ ।
यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान कायम गरेको हो । सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने विषयमा उनीहरूको अध्ययन केन्द्रित रहेको थियो ।

रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दु—कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण परेको असरबारे अध्ययन गरिएको हो । अध्ययन टोलीले पर्वतीय प्रणालीको जलवायु परिवर्तनको असर र त्यसको समाधान कसरी गर्ने भन्ने अनुसन्धानका क्रममा तीन नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०१९ को अप्रिल देखि जुन महिनासम्ममा वैज्ञानिक, सोधकर्ता, लेखक र पर्वतारोहीको समूहले हिमालको इतिहासमा सबैभन्दा प्रभावकारी वैज्ञानिक अध्ययन गरेको बताइएको छ ।
अध्ययनका क्रममा अध्ययन टोलीले राखेका तीन कीर्तिमानहरुमा जमिनमा सबैभन्दा धेरै उचाइमा मौसम स्टेसन राख्न सफल भएका छन् । यसबाट सगरमाथा क्षेत्रमा हुने मौसमको अवस्था, परिवर्तनका बारेमा अध्ययन गर्न थप सहज हुने छ । यसै गरी सबैभन्दा धेरै उचाइमा हिमत्व लिने र जमिनमा सबैभन्दा उचाइमा माइक्रोप्लास्टिक फेला पार्ने नयाँ किर्तिमान कायम गरेको हो । यी सबै कीर्तिमानलाई गिनिज वल्ड रेकर्डस्ले मान्यता दिएको छ ।
अध्ययन टोलीले हिमालय क्षेत्रमा मौसमबारे जानकारीको लागि पाँच स्वचालित मौसम स्टेसन स्थापना गरेका छन् । स्टेसनहरु ३ हजार ८ सय १० मिटर देखि ८ हजारभन्दा धेरै उचाइमा राखिएको छ । वैज्ञानिकहरुले हिमालय क्षेत्रको बरफ, चट्टान र हिउँको नमुना पनि संकलन गरेका थिए । यो अहिले सम्मकै सबैभन्दा धेरै उचाइबाट (८०२० मिटर) लिइएको बरफको नमुना हो । यसबाट मानिसले गरेका प्रदूषण र क्रियाकलापका कारण वायुमण्डलमा कस्तो किसिमको असर गरेको छ भन्ने अध्ययन गर्न सहज हुने छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …