
पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ ।
यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान कायम गरेको हो । सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने विषयमा उनीहरूको अध्ययन केन्द्रित रहेको थियो ।

रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दु—कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण परेको असरबारे अध्ययन गरिएको हो । अध्ययन टोलीले पर्वतीय प्रणालीको जलवायु परिवर्तनको असर र त्यसको समाधान कसरी गर्ने भन्ने अनुसन्धानका क्रममा तीन नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०१९ को अप्रिल देखि जुन महिनासम्ममा वैज्ञानिक, सोधकर्ता, लेखक र पर्वतारोहीको समूहले हिमालको इतिहासमा सबैभन्दा प्रभावकारी वैज्ञानिक अध्ययन गरेको बताइएको छ ।
अध्ययनका क्रममा अध्ययन टोलीले राखेका तीन कीर्तिमानहरुमा जमिनमा सबैभन्दा धेरै उचाइमा मौसम स्टेसन राख्न सफल भएका छन् । यसबाट सगरमाथा क्षेत्रमा हुने मौसमको अवस्था, परिवर्तनका बारेमा अध्ययन गर्न थप सहज हुने छ । यसै गरी सबैभन्दा धेरै उचाइमा हिमत्व लिने र जमिनमा सबैभन्दा उचाइमा माइक्रोप्लास्टिक फेला पार्ने नयाँ किर्तिमान कायम गरेको हो । यी सबै कीर्तिमानलाई गिनिज वल्ड रेकर्डस्ले मान्यता दिएको छ ।
अध्ययन टोलीले हिमालय क्षेत्रमा मौसमबारे जानकारीको लागि पाँच स्वचालित मौसम स्टेसन स्थापना गरेका छन् । स्टेसनहरु ३ हजार ८ सय १० मिटर देखि ८ हजारभन्दा धेरै उचाइमा राखिएको छ । वैज्ञानिकहरुले हिमालय क्षेत्रको बरफ, चट्टान र हिउँको नमुना पनि संकलन गरेका थिए । यो अहिले सम्मकै सबैभन्दा धेरै उचाइबाट (८०२० मिटर) लिइएको बरफको नमुना हो । यसबाट मानिसले गरेका प्रदूषण र क्रियाकलापका कारण वायुमण्डलमा कस्तो किसिमको असर गरेको छ भन्ने अध्ययन गर्न सहज हुने छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…