
नागोया : जापानको नागोया सहरमा भइरहेको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नेपाली समुदाय र स्थानीय जापानीहरूको समेतले रौनक बढेको छ । फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने भएकोले पनि नेपाली मात्र होइन स्थानीयहरू समेतको बाक्लो उपस्थितिले फेस्टिभलको रौनक बढेको महोत्सवका आयोजक संस्थाले बताएको छ ।

एनआरएनए नागोया जापानको आयोजनामा तथा नेपाल सरकार, टोकियोस्थित नेपाली राजदूतावास, आइची प्रिफेक्चर सरकार, नागोया सिटी र एआईएको सहयोगमा महोत्सव भइरहेको छ । जापानको नागोया स्थित एडियोन हिलाया प्लाजामा भइरहेको महोत्सवमा नेपालको प्राकृतिक सुन्दरता, हस्तकला तथा नेपाली पहिचानलाई जापानको साथै अन्य देशबाट आएका पर्यटक सामु प्रस्तुत गरी पर्यटन प्रवर्धनमा समेत योगदान दिने गरी आयोजना गरिएको महोत्सवका उपसंयोजक सुरेशचन्द उपाध्यायले बताए ।

नेपालका हस्तकला व्यवसायी पनि महोत्सवमा आफ्ना उत्पादन लिएर सहभागी भएका छन् । यसले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकले बताएका छन् । शनिबार देखि सुरु भएको महोत्सव सोमबार सम्म चल्ने छ । तस्बिरमा हेर्नुहोस् नागोयामा भइरहेको नेपाली फेस्टिभलमा रौनक ।



तस्बिरहरू : ऋषि बराल



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…