
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । संरक्षण क्षेत्रको जोमसोम स्थित भौगोलिक रूपमा विकट हिमाली क्षेत्रका रानीवन, भोगम्बो, नमखु खर्क, भ्रप्सो खर्क लगायत आसपासका उच्च हिमाली क्षेत्रहरूमा ड्रोनको माध्यमबाट वन गस्ती गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोम कार्यालयले जनाएको छ।

मानव उपस्थिति न्यून भएका यी क्षेत्रहरूमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न, वन तथा वन्यजन्तुको अनुगमन गर्न र पर्यावरणीय संरक्षणलाई थप सबल बनाउन आधुनिक प्रविधि युक्त गस्ती सञ्चालन गरिएको कार्यालयले जनाएको छ । यसरी ड्रोनको प्रयोगगरी उच्च हिमाली क्षेत्रमा वन गस्ती गर्दा अवैध रूपमा हुन सक्ने चोरी सिकार भइरहेको देखिए, शङ्कास्पद गतिविधि देखिए नियन्त्रण र अनुसन्धान गर्न सहयोगी हुने गरी प्रविधिको प्रयोग गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।

तस्बिर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ।
जटिल भौगोलिक क्षेत्र भएका हिमाली क्षेत्रमा चोरी सिकार नियन्त्रणकालागि आधुनिक प्रविधिको प्रयोग गरेर गस्ती गर्ने कार्य निकै प्रभावकारी हुने भएकोले यसको प्रयोगलाई निरन्तर दिएर बेला बेलामा अनुगमन गरिने आयोजनाका अधिकारीले बताएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…