अस्थिरबने हिमालबाट बग्ने नदी, संकटको चेतावनी


     नेचर न्युज    
     जेठ १८ गते २०८३ मा प्रकाशित


२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा रमाउन आउने आन्तरिक र विदेशी पर्यटक आउने क्रम सुरु भइरहेको थियो । खारापानी बजारका रेस्टुरेन्टहरूमा घुम्न आउनेकालागि खानाको परिकार तयार पारिरहेका थिए ।

पिकनिक आउने युवा विद्यार्थी सेती किनारमा कोही खाना तयार पार्दै थिए । कोही वरपरको सुन्दर वातावरणमा रमाइरहेका थिए । यतिकैमा पौने दश बजे तिर अन्नपूर्ण हिमालय क्षेत्रबाट ठूलो बाढी आयो खारापानी बजार मात्र होइन सेती वरपरका सबै क्षेत्र बढारेर छिनभरमै तहसनहस बनायो । सेतीबाट आएको बाढीले एकै छिनमा धनजनको क्षति पु¥यायो । बाढीका कारण ७२ जनाको ज्यान गयो । यसरी ७२ जनाको सपना मात्र उडाएन परिवारलाई ठूलो बज्रपात पु¥यायो । यो घटना हिमालबाट बग्ने नदीहरू अस्थिर रहेको र जति बेला पनि यस्ता ठूलो घटना हुन सक्ने सेती नदी र अन्नपूर्ण हिमालयमा हुन सक्ने जोखिमका विषयमा विद्यावारिधि गरेका इञ्जिनियर नारायण गुरुङ बताउँछन् । यसैले नदी किनारका बसाइँ जोखिमपूर्ण हुने उनि बताउँछन् ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा नदीहरूको स्वरूप र बग्ने दिशा ऐतिहासिक रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको यस्तै नयाँ अध्ययनले देखाएको छ । विश्वप्रसिद्ध विज्ञान जर्नल साइन्समा हालै प्रकाशित एक अनुसन्धान रिपोर्टअनुसार विगत चार दशकमा हिमालयबाट उत्पन्न हुने नदीहरूले आफ्नो किनार काट्ने तथा मार्ग परिवर्तन दर झन्डै दोब्बर भएको उल्लेख छ । चीनको चाइना युनिभर्सिटी अफ जियोसाइन्सेजका प्रोफेसर चङसान वाङ र डा जोङपेङ हानको नेतृत्वमा गरिएको अध्ययनबाट सो निष्कर्ष निकालिएको हो । अध्ययन रिपोर्टमा हिमालयबाट उत्पत्ति हुने नदीहरू खतरनाक रूपले अस्थीर बन्दे आफ्नो बाटो बदलिइरहेकाले नेपाल र भारतसहित दक्षिण एसियाका देशहरूमा जलविद्युत खानेपानी, पूर्वाधार र मानव बस्तीमाथि संकट निम्तिने सक्ने चेतावनी दिइएको छ । 

अनुसन्धान टोलीले सन् १९८० देखि २०२० सम्मका ४० वर्षको भूउपग्रह तस्बिर तथा स्थलगत अध्ययनको विश्लेषण गरेको थियो । अध्ययनका क्रममा सिन्धु गंगा र ब्रह्रापुत्र नदी बेसिन अन्तर्गतका १ हजार ५ सय ८२ किलोमिटर र नदीखण्ड तथा १ हजार ७९ वटा नदीका घुम्तीहरुको क्रमिक परिवर्तनको नक्साङ्कन गंगा र ब्रहपुत्र नदी बेसिन अन्तर्गतका १ हजार ५८२ किलोमिटर नदीखण्ड तथा १ हजार ७९ वटा नदीका घुम्तीहरुको क्रमिक परिवर्तनको नक्साङ्कन गरिएको थियो । जलवायु परिवर्तन र नदीको परिवर्तनकोबीचको सम्बन्ध पुष्टि गर्न अनुसन्धानकर्ताहरुले स्ट्रक्चरल इक्केसन मोडलिङ विधि प्रयोग गरेका थिए । 

अध्ययनले सन् १९८० देखि २००० को अवधिको तुदनामा सन् २००० देखि २०२० बीत नदीहरुले धार बदल्ने र किनार कटान गर्ने दर करिब सय प्रतिशतले बढेको देखाएको छ । नदीले पुरानो धार छोडेर नयाँ मार्ग बनाउने कटअफ फ्रिकेन्सी ११५ प्रतिशतले वृद्धि भएको छ । अचानक नयाँ धार बनाएर बग्ने प्रक्रिया ७७ प्रतिशतले बढेको पाइएको छ । अनुसन्धानले हिमालयका नदीहरूको चरित्र आर्कटिक क्षेत्रका नदीहरुभन्दा फरक र बढी जोखिमपूर्ण रहेको देखाएको छ । 

आर्कटिक क्षेत्रमा तापक्रम बढेपछि नदी किनारमा झाडी र वनस्पति बढेर माटो समात्ने भएकोले नदीको गति केही नियन्त्रणमा रहने गरेको पाइए पनि हिमालयको माथिल्लो क्षेत्रमा वनस्पतिको अभावका कारण नदी किनार जोगाउन प्राकृतिक संयन्त्र नरहेको अध्ययनको निष्कर्ष रहेको छ । यसले हिमालबाट उत्पन्ने हुने नदीहरुलाई अझ बढी अनियन्त्रित र आक्रमक बनाएको अनुसन्धानकर्ताहरुको अनुसन्धानमा देखाइएको छ । 
प्रतिवेदन अनुसार हिमालय क्षेत्र विश्वव्यापी औसतभन्दा झन्डै दोब्बर गतिले तातिरहेको छ ।

यसका कारण वर्षैदेखि जमेको माटो तथा चट्टान अर्थात् परमाफ्रोस्ट पग्लिदै जाँदा नदी किनार कमजोर बन्दै गएका छन् । हिमनदीहरु पग्लिँदा नदीमा पानी र गेग्रानको प्रवाह बढेको छ । यसले किनारमा थप दबाब सिर्जना गरिरहेको अध्ययनले जनाएको छ । हिमाली क्षेत्रमा भइरहेका यस्ता परिवर्तनले नेपाल र भारतका समैभन्दा धेरै असर पर्ने अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान रिपार्टमा हिमालबाट उत्पन्न नदी प्रणालीमा निर्भर झन्डै दुई अर्ब मानिसको जीवनयापनमा यसको प्रत्यक्ष प्रभाव पर्ने चेतावनी दिइएको छ । 

अध्ययनको निष्कर्षमा हिमाली नदीहरूको तीव्र परिवर्तनलाई जलवायु परिवर्ततका स्पष्ट भू आकृतिक संकेतका रूपमा व्यख्या गरिएको छ । यो परिवर्ततले स्थानीय भूबनोट वा मानवीय हस्तक्षेपभन्दा मुख्य रूपमा जलवायुपरिवर्तनकै परिणाम भएको बताइएको छ । वैज्ञानिकहरुले नेपाल र भारतका सरकार तथा नीति निर्मातालाई अबको विकास योजनामा क्लाइमेट प्लुभियल फिडब्याक अवधारणालाई अनिवार्य रूपमा समावेश गर्न सुझाव दिएका छन् । हिमाली क्षेत्रमा निर्माण हुने ठूला पूर्वाधार तथा जलविद्युत आयोजनाको योजना बनाउँदा नदीको धार परिवर्तनको सम्भावित दरलाई वैज्ञानिक आधारमा मूल्याङ्कन नगरे भविश्यमा अबौं रुपैयाँको लगानी जोखिममा पर्न सक्ने पनि चेतावनी प्रतिवेदनले दिएको छ ।