
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ ।
‘फोटोग्राफी र फोटो प्रदर्शनीमार्फत चरा संरक्षणमा योगदान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपालमा पाइने विभिन्न प्रजातिका चराहरूका आकर्षक तथा महत्वपूर्ण तस्बिरहरू राखिएका छन् ।

प्रदर्शनीमा ५२ जना प्रतिस्पर्धीका ६० वटा तस्बिर राखिएका छन् । उद्घाटन समारोहमा प्रदर्शनीका लागि राखिएका तस्बिरहरूमध्ये उत्कृष्ट तीन तस्बिर घोषणा गरिएको थियो । रिजन शिल्पकारले खिचेको कालो चिबेको तस्बिर प्रथम, ईश्वर गुरुङले खिचेको सुन गिद्धको तस्बिर द्वितीय र अम्बिस काजी शाक्यले खिचेको ठूलो जलेवाको तस्बिर तृतीय भएको छ । चुडामणि चौधरीले खिचेको मलगुजाको तस्बिरले ‘दुर्लभ रेकर्ड’ विधाको उपाधि जितेको छ ।
उद्घाटन समारोहमा बोल्दै नेपाल पन्छी संरक्षण संघका अध्यक्ष विमल थापाले नेपालमा चराका नयाँ–नयाँ अभिलेख राख्न तथा चरा संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न फोटोग्राफी र फोटो प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा प्रथम भएको तस्विर ।

प्रदर्शनीमा द्वितीय भएको तस्विर ।

प्रदर्शनीमा द्वितीय भएको तृतीय तस्विर ।

प्रदर्शनीमा राखिएको ‘दुर्लभ रेकर्ड’ मा विजयी तस्विर ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…