
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ ।
‘फोटोग्राफी र फोटो प्रदर्शनीमार्फत चरा संरक्षणमा योगदान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपालमा पाइने विभिन्न प्रजातिका चराहरूका आकर्षक तथा महत्वपूर्ण तस्बिरहरू राखिएका छन् ।

प्रदर्शनीमा ५२ जना प्रतिस्पर्धीका ६० वटा तस्बिर राखिएका छन् । उद्घाटन समारोहमा प्रदर्शनीका लागि राखिएका तस्बिरहरूमध्ये उत्कृष्ट तीन तस्बिर घोषणा गरिएको थियो । रिजन शिल्पकारले खिचेको कालो चिबेको तस्बिर प्रथम, ईश्वर गुरुङले खिचेको सुन गिद्धको तस्बिर द्वितीय र अम्बिस काजी शाक्यले खिचेको ठूलो जलेवाको तस्बिर तृतीय भएको छ । चुडामणि चौधरीले खिचेको मलगुजाको तस्बिरले ‘दुर्लभ रेकर्ड’ विधाको उपाधि जितेको छ ।
उद्घाटन समारोहमा बोल्दै नेपाल पन्छी संरक्षण संघका अध्यक्ष विमल थापाले नेपालमा चराका नयाँ–नयाँ अभिलेख राख्न तथा चरा संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न फोटोग्राफी र फोटो प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा प्रथम भएको तस्विर ।

प्रदर्शनीमा द्वितीय भएको तस्विर ।

प्रदर्शनीमा तृतीय भएको तस्विर ।

प्रदर्शनीमा राखिएको ‘दुर्लभ रेकर्ड’ मा विजयी तस्विर ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…