
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने माछापुच्छ«े गाउँपालिकाको धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा तीन घण्टामा ६३ प्रजातिका चरा अभिलेख भएको छ । पंक्षी अवलोकन तथा हाइकिङमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र वन, वनस्पति र जैविक विविधता तथा समग्र प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा अग्रणी भूमिका खेलेको छ । नेपालमा पाइने ११८ प्रकारका पारिस्थितिकीय प्रणालीहरु मध्ये ८० भन्दा बढी प्रकारका पारिस्थितिकीय प्रणालीलाई संरक्षित क्षेत्रहरुले समेटेको अनुमान छ ।
यसै संरक्षण क्षेत्रको पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको हो। यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे ।

तस्विर : सुनिल पाण्डे ।
कार्यक्रममा सहभागी पोखरा पंछी समाजका सल्लाहकार तथा नेपाल ओर्निथोलोजिकल युनियनका अध्यक्ष हटन चौधरीले यस्ता कार्यक्रमले चराप्रति रुचि बढाउनुका साथै स्थानीय स्तरमा पक्षी संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।
पोखरा पंछी समाजले हरेक वर्ष समर र विन्टर गरी दुई वटा बर्ड हाइक तथा एक पटक बर्ड फेयर आयोजना गर्दै आएको छ । पाँचौँ शृंखलासम्म आइपुग्दा बर्ड हाइकप्रति पंक्षीप्रेमी तथा प्रकृतिप्रेमीको उत्साह बढ्दै गएको छ । कार्यक्रममा सहभागी ठाकुर बरालले आफू पंछी अवलोकनमा नयाँ भए पनि पोखरा पन्छी समाजले आयोजना गरेको कार्यक्रमबाट निकै प्रभावित भएको विचार राखे । “म पंछी अवलोकनमा नयाँ हुँ, तर यस प्रकारको कार्यक्रमबाट म निकै प्रभावित भएको छु।
आगामी दिनमा सम्भव भएसम्म समाजले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछु। आजको कार्यक्रममा चराहरू पहिचान गर्ने केही आधारभूत ज्ञान पनि प्राप्त गर्ने अवसर पाएँ। आगामी दिनमा पक्षी तथा तिनको बासस्थान संरक्षणका लागि जनचेतना फैलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु।”
पंछी समाजका सचिव हेमन्त ढकालले चरा र प्राकृतिक बासस्थानको संरक्षण तथा पंक्षीसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान गर्न कार्यक्रम भएको जनाए । नियमित बर्ड हाइकले स्थानीय समुदाय तथा युवालाई पक्षी संरक्षण अभियानसँग जोड्न सघाउने उनको अपेक्षा छ । कार्यक्रमको नेतृत्व समाजकी उपाध्यक्ष हिरा मल्ल र समन्वय कृपा गुरुङले गरेका थिए । पोखरा पंछी समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा क्षेत्रलाई पंक्षी तथा जैविक विविधता संरक्षणको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने जनाएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…