
गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘स्नायू स्वास्थ्य ९न्यूरो आर्ट० कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने प्रभावकारी माध्यम भएको बताइन्।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति प्रा। डा। कुशुमाकर न्यौपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकतामा राख्ने जानकारी दिए। उनले विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित सबै वर्गमा भाषिक सचेतनाको कमीका कारण आमजनताले दुःख पाएको उल्लेख गर्दै त्यसलाई सुधार गर्न प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सञ्चालन गर्न लागेको बताए।
कुलपति न्यौपानेले अनुसन्धानलाई पनि प्रतिष्ठानले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अनुसन्धानकर्तालाई आवश्यक तालिमबिना फिल्डमा पठाउन नहुने धारणा राखे। उनले फोटोग्राफी, भिडियोग्राफी तथा अनुसन्धानका विधि र मापदण्डबारे प्रशिक्षण दिएपछि मात्रै अनुसन्धान कार्य प्रभावकारी हुने बताए। उनका अनुसार यस वर्ष गण्डकी प्रदेशका कोट, गुठी, मठमन्दिर, लोकमन्त्र, लोकविश्वास, जडीबुटी, वनस्पति, परम्परागत खानपान लगायतका विषयमा विभिन्न गोष्ठीपत्र तयार गरिनेछ। आगामी वर्ष अनुसन्धान पद्धतिबारे विस्तृत छलफल गरी अनुसन्धानकर्तालाई व्यवस्थित रूपमा अनुसन्धानमा परिचालन गरिने योजना पनि उनले सार्वजनिक गरेका थिए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…