
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४ सय ६७ प्रजातिका चरा रेकर्ड भएकोमा पछिल्लो गणनामा नयाँ प्रजातिका चराको रेकर्ड भएको पोखरा पंछि समाजका पूर्व अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइन्छन् ।
पोखरामा पाइने चराहरूमा विश्वमा सङ्कटमा परेका ५ प्रजाति, अति सङ्कटापन्न ६ प्रजाति, सङ्कटापन्न ४ प्रजाति रहेका छन् । संवेदनशील प्रजातिका ५ प्रजाति रहेका छन् । यसै गरी राष्ट्रिय स्तरमा अति सङ्कटापन्न १६, सङ्कटापन्न १५, संवेदनशील ३३ प्रजातिका चरा पोखरामा रेकर्ड भएका छन् ।
पोखराका ९ ताल, नदी, खोला किनार र वनमा पाइने चरा समेत गरेर पोखरा उपत्यकामा अहिले सम्म ५ सय ४१ प्रजातिका चरा अभिलेक भएका हुन् । पोखरा उपत्यका सिकारी चराकालागि स्वर्ग मानिन्छ । पोखरामा दक्षिण एसियामा पाइने ९ प्रजातिकै गिद्ध र नेपालमा पाइने ६ प्रजातिकै गोमायु महाचिल पाइन्छन् ।
नेपालमा चरा हेर्नकैलागि पनि चरा आउने गर्दछन् । बेलायत, डेनमार्क, अमेरिका लगायतका देशबाट चरा हेर्न नेपालमा पर्यटक आउँछन् । पछिल्लो समयमा चीन, मलेशिया, सिंगापुर, थाइल्याण्डबाट चराको अवलोकन र तस्विर खिच्नैकालागि पनि नेपालमा पर्यटक आउने गर्दछन् । पर्यटकीय राजधानी पनि चरा पर्यटनकालागि पर्यटकको आकर्षक गन्तव्य हो । अन्नपूर्ण संरक्षण क्षेत्र पनि पदयात्रा पर्यटनको साथै चराको अवलोकनकालागि पनि पर्यटक आउने गर्दछन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…