
पाेखरा । पत्रकार गणेश पौडेलको कोभिड संक्रमणका कारण निधन भएको छ । पोखराकाे गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन हाे । काेभिड संक्रमण भएपछि पत्रकार पाैडेल ११ दिनदेखि उपचाररत थिए । ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । उनी २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
गण्डकीमा एकै दिन १४ जनाको निधन
गण्डकी प्रदेशमा बिहीबार एकै दिन १४ काेराेना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनलाय, गण्डकी प्रदेशका अनुसार कास्कीका ९ र बागलुङका ४ संक्रमितको निधन भएको हो । बिहीबार गण्डकीमा ५ सय ६ संक्रमित थपिएका छन् । गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…