भोटेकोसी बाढीमा ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता


     नेचर न्युज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


भोटेकोसी नदीमा बुधबार आएको आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिक बेपत्ता भएका छन् । बिहीबार साँझसम्मको विवरण अनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ ।


देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता भएका छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता भएका छन् । अस्ट्रेलियाका ३५ जना, क्यानडाका २५ जना, रुसका ८ जना रहेका छन् । यसै गरी जर्मनी ८ जना, फिनल्याण्डका १ जना, लात्भियाका ६ जना रहेको छन् । दक्षिण अफ्रिकाका ६ जना, दक्षिण कोरियाका ८ जना, जापानका ५ जना रहेको जनाइएको छ । न्युजिल्यान्डका ५ जना, मलेशियाका ५१ जना, युनाइटेड किंगडमका ३३ जना, फ्रान्सका ४ जना, इटालीका २ जना, आयरल्यान्डका २ जना, इजरायलका १ जना पनि रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

यसैगरी काजाकिस्तानका २ जना, नेलरल्यान्डका २ जना, फिलिपिन्सका १ जना, पोर्चुगलका ३ जना, सर्बियाका १ जना रहेका छन् । सिंगापुरका ९ जना, लिथुआनियाका १ जना, बेल्जियमका ३ जना, स्पेनका ३ जना, बेलारुसका १ जना, हंगेरीका १ जना, स्वीडेनका १ जना रहेका छन् । बेपत्ताका खोजी कार्य भइरहेको छ ।