
भोटेकोसी नदीमा बुधबार आएको आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिक बेपत्ता भएका छन् । बिहीबार साँझसम्मको विवरण अनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ ।
देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता भएका छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता भएका छन् । अस्ट्रेलियाका ३५ जना, क्यानडाका २५ जना, रुसका ८ जना रहेका छन् । यसै गरी जर्मनी ८ जना, फिनल्याण्डका १ जना, लात्भियाका ६ जना रहेको छन् । दक्षिण अफ्रिकाका ६ जना, दक्षिण कोरियाका ८ जना, जापानका ५ जना रहेको जनाइएको छ । न्युजिल्यान्डका ५ जना, मलेशियाका ५१ जना, युनाइटेड किंगडमका ३३ जना, फ्रान्सका ४ जना, इटालीका २ जना, आयरल्यान्डका २ जना, इजरायलका १ जना पनि रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
यसैगरी काजाकिस्तानका २ जना, नेलरल्यान्डका २ जना, फिलिपिन्सका १ जना, पोर्चुगलका ३ जना, सर्बियाका १ जना रहेका छन् । सिंगापुरका ९ जना, लिथुआनियाका १ जना, बेल्जियमका ३ जना, स्पेनका ३ जना, बेलारुसका १ जना, हंगेरीका १ जना, स्वीडेनका १ जना रहेका छन् । बेपत्ताका खोजी कार्य भइरहेको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…