
योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रिय संयोजक सुमन देवकोटाले पोखराको फेवाताल अतिक्रमणमा परेको बताउँदै अब वाईसीएल चुपलागेर नबस्ने बताएका छन् ।
पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक देवकोटाले फेवाताल मिच्नेलाई नछाेड्ने र चैनको निन्द्र सुत्न नदिने बताएका छन् । प्राकृतिक सम्पदा रक्षाकालागि वाईसीएल सधै लड्दै आएको बनाउँदै प्राकृतिक सम्पदालाई कब्जा गर्ने जोसुकै अपराधीलाई चैनको निन्द्र सुत्न नदिने उनले उनले बताए ।
वाईसीएलले पालिकामा भएका भ्रष्टाचारलाई खोतल्ने पनि बताए । पोखरा महानगरपालिका लगायत नगरपालिका र गाउँपालिकामा ठूलो बेरुजु रहेकोले यसलाई छानवीन गरिने पनि उनले बताए । युवालाई पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्न विद्यालयबाटै प्राविधिक कक्षा सञ्चालन गर्न सरकार संग माग गरेको पनि उनले सुनाए । वाईसीएलले युवा स्वरोजगार अभियान चलाउने पनि उनले बताए । युवालाई उत्पादनसँग जोड्न वाईसीएलले बनाएका योजना अर्थमन्त्रीलाई सुझाएको र त्यो अर्थमन्त्रीले कार्यान्वयनमा ल्याउनेमा विश्वस्त रहेको उनले सुनाए ।
पहिलेका सरकारले कौडीको मुल्यमा बिक्री गरेका र अहिले बन्द रहेका उद्योग वाईसीएलले चलाउने उनले सुनाए । युवालाई बन्द उद्यो चलाएर स्वदेशमी रोजगार दिने पनि उनले बताए । भृकुटी कागज कारखाना र गोरखकाली रबर उधोग चलाएर युवालाई रोजगारी दिने र नाफा निकालेर सरकारलाई पनि नाफा दिने उनले सुनाए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …