योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रिय संयोजक सुमन देवकोटाले पोखराको फेवाताल अतिक्रमणमा परेको बताउँदै अब वाईसीएल चुपलागेर नबस्ने बताएका छन् ।
पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक देवकोटाले फेवाताल मिच्नेलाई नछाेड्ने र चैनको निन्द्र सुत्न नदिने बताएका छन् । प्राकृतिक सम्पदा रक्षाकालागि वाईसीएल सधै लड्दै आएको बनाउँदै प्राकृतिक सम्पदालाई कब्जा गर्ने जोसुकै अपराधीलाई चैनको निन्द्र सुत्न नदिने उनले उनले बताए ।
वाईसीएलले पालिकामा भएका भ्रष्टाचारलाई खोतल्ने पनि बताए । पोखरा महानगरपालिका लगायत नगरपालिका र गाउँपालिकामा ठूलो बेरुजु रहेकोले यसलाई छानवीन गरिने पनि उनले बताए । युवालाई पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्न विद्यालयबाटै प्राविधिक कक्षा सञ्चालन गर्न सरकार संग माग गरेको पनि उनले सुनाए । वाईसीएलले युवा स्वरोजगार अभियान चलाउने पनि उनले बताए । युवालाई उत्पादनसँग जोड्न वाईसीएलले बनाएका योजना अर्थमन्त्रीलाई सुझाएको र त्यो अर्थमन्त्रीले कार्यान्वयनमा ल्याउनेमा विश्वस्त रहेको उनले सुनाए ।
पहिलेका सरकारले कौडीको मुल्यमा बिक्री गरेका र अहिले बन्द रहेका उद्योग वाईसीएलले चलाउने उनले सुनाए । युवालाई बन्द उद्यो चलाएर स्वदेशमी रोजगार दिने पनि उनले बताए । भृकुटी कागज कारखाना र गोरखकाली रबर उधोग चलाएर युवालाई रोजगारी दिने र नाफा निकालेर सरकारलाई पनि नाफा दिने उनले सुनाए ।