
पोखरा : अविरल वर्षाको कारण कालीगण्डकी नदीमा उर्लिएको बाढीले पर्वत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर ७६ घर पूर्ण क्षति पुगेको र २० घर बस्न नमिल्ने गरी क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बाढीले सबैभन्दा धेरै क्षति जलजला गाउँपालिका ८ फर्से बजारमा परेको छ । यस बजार क्षेत्रमा रहेका १६ घर बगाएको जलजला गाउँपालिका पर्वतका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिए । जलजला ४ लामाखेतमा ८ घर डुबानमा परेको पनि स्थानीय समेत रहेका आचार्यले बताए । फर्से बजार र ढोडीनी जोड्ने कालीगण्डकी नदी माथिको झोलुङे पुल बगाएको जलजला गाउँपालिकाका सूचना अधिकारी आचार्यले बताए ।
लगातारको वर्षाले कालीगण्डकीको सतह बढ्दै गएपछि स्थानीय सतर्क भएर बेलैमा घर छोडेर सुरक्षित स्थानमा तर्फ गएकोले मानवीय क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बड्दै गएपछि स्थानीय सतर्क भएर बेलैमा घर छोडेर सुरक्षित स्थानमा तर्फ गएकोले मानवीय क्षति हुनबाट जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । म्याग्दी प्रहरी संग समन्वय गरेर नदीको बहावको अवस्था हेरेर सूचना आदान प्रदान गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सार्न सफल भएको पनि उनले बताए ।
भोटेकोशी बाढीबाट पाठ सिकेर सुरक्षाकर्मीको समेत समन्वयमा बेलैमा कालीगण्डकी किनार फर्से बजारका स्थानीले घर छाडेर सुरक्षित स्थानमा गएको जलजला गाउँपालिकाका सूचना अधिकारी आचार्यले बताए । कालीगण्डकीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगाको पुलमा क्षति पुगेको छ । मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको छ ।
बाढीले क्षति पु¥याएको पर्वत र बागलुङ जोड्ने कालीगण्कडीमाथीको मालढुंगाको पुल । पुलमा क्षति पु¥याएपछयातायत अवरुद्ध भएको छ ।
तबिर : मञ्जुल शाक्य ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…