समाचार

मनकारी सृजना : जसले सडकमा भेटाएको ५० हजार रुपैयाँ प्रहरीलाई बुझाइन

सडकमा पैसा भेटियाे । त्याे पनि ५० हजार रुपैयाँ । अब के गर्ने ? यस्ताे बेलामा धेरैले आआप्नै तर्क, योजना बनाउलान । कसैले सडकमा भेटिएको पैसा त हो भन्दै आफै केमा खर्च गर्ने भन्ने योजना बुन्लान । त कसैले पैसा खसाल्ने मान्छे आफू नै भए कस्तो होला ? भन्ने प्रतिप्रश्न आफैलाई गर्लान फिर्ता गर्ने योजना बुन्लान । हो पोखरा ६ बैदामकी सृजनाले हराएको मान्छे भेटेर पैसा फिर्ता दिने योजना बुनिन् । पोखरा ६ बैदाम शान्तिपथ मार्गमा साउन १८ गते स्थानीय… पुरा पढौ

आईजी नोबेल पुरस्कारः गैँडालाई उत्तानो झुन्ड्याएर गरिएको अनुसन्धान पनि पुरस्कृत

अफ्रिकामा वासस्थान स्थानान्तरणका लागि यसरी जनावरहरूलाई ओसार्ने क्रम निकै बढिरहेको छ । गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ। फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर "नक्कली नोबल" वा "व्याङ्ग्यात्मक नोबेल" पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन। हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक… पुरा पढौ

सप्तऋषिको पूजासँगै सकियो तीज

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । सप्तऋषिको पूजासँगै यस वर्सषकाे तीज पर्व सकिएकाे छ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा अनुसार पर्व मनाए । पाेखराकाे सेती नदी, कालीगण्डकी, वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन… पुरा पढौ

फेवाताल सरसफाइमा प्रवासमा रहेका युवाको सक्रियता

प्रवासमा रहेका पोखरेली युवाले फेवाताल संरक्षण र सफाइमा सक्रियता देखाएका छन् ।  अध्ययन र रोजगारीकाे अवसर खोज्दै विभिन्न देश पुगेका युवाहरूले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको सरसफाइकालागि स्थानीय युवालाई परिचालन गरी सरसफाइ अभियान चलाएका हुन् । पोखरा बैदामका अघिल्लो पुस्ता तालको पानी खाएर हुर्किए । त्यसपछिको पुस्ता तालको पानी नखाए पनि तालमा निर्धक्क पौडी खेलेर हुर्किए । अहिलेका युवा तालमा बढ्दो प्रदूषणको कारण छालामा सङ्क्रमण हुने डरका बिच पनि पौडी खेल्ने गरेको स्थानीय युवा बताउँछन् । तालमा सोझिएका पोखराका ढल,… पुरा पढौ

एमसीसीकी उपाध्यक्ष सुमार नेपालमा : शीर्ष नेता भेट्दै

नेपालमा पछिल्लो समयमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । संसद्बाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल आएकी हुन् । एमसीसीको विषयमा नेपालमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । नेपालको चारदिने भ्रमणकालागि आएकी उपाध्यक्ष फातिमाले शीर्ष नेताहरु संग भेट्ने कार्यसूची रहेको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एपसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बताइएको छ । नेपालका पार्टीहरुमा एमसीसी परियोजना स्वीकार… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा भेटिए लोप भएको अनुमान गरिएको जङ्गली बँदेल

लोप भएको अनुमान गरिएको जङ्गली बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकाे मादी गाउँपालिकामा क्यामेरा ट्यापिङ्गमा तस्बिर कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे छ l यस क्षेत्रमा पहिले अभिलेख भएर पनि करिब ५० वर्ष सम्म नदेखिएकाे जङ्गली बँदेल स्वचालित क्यामेरामा कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे हाे । अन्नपूर्ण क्षेत्रको कास्की जिल्ला अन्तर्गत मादी गाउँपालिकामा अभिलेख गरिएको जङ्गली बँदेल करिब ५० वर्षपछि पुनरागमन भएको स्थानीयले बताएका छन् l यत्रो लामो समयसम्म बँदेल कता लुकेको थियो भनेर स्थानीयहरू अचम्मित छन् । स्थानीय गेहेन्द्र गुरुङले आफु सानै… पुरा पढौ

हरितालिका (तीज) सुरु : आज दर खाने भोली व्रत बसेर नाचगानमा रमाउने

पोखरा : हरितालिका (तीज) पर्व बुधबार देखि सुरु भएको छ । आज दर खाएर तीज मनाइँदै छ । दर खाने दिनसँगै चार दिन तीज पर्व नेपाली महिलाले मनाउँछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा अनुसार माइतीमा गएर दर खान यति बेला चेलीबेटीलाई हतारो छ । कोरोना सङ्क्रमण अझै नहराएको र झन् छिटो फैलने नयाँ भेरियन्टको भाइरस फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चेलीबेटीले तीज मनाउनु पर्नेछ ।  तीजमा दिदी बहिनी, आमाहरूले वर्ष दिनभर आफूलाई परेको दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गर्दछन् ।… पुरा पढौ

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए ।… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे । उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य… पुरा पढौ