समाचार

वीरगञ्जमा दशैं मेलाको चहलपहल

दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन… पुरा पढौ

गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा : साक्षरता प्रतिशतमा नवलपुर अगाडी

गण्डकी प्रदेश साक्षर प्रदेश घोषण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा बिच गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषण गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्लामा नवलपुरर जिल्ला सबैभन्दा धेरै साक्षरता प्रतिशत ९८।०० प्रतिशत रहेको छ । नवलपुरमा २०७२ असार ३१ गते साक्षर जिल्ला घोषण गरिएको थियो । त्यसपछि गोर्खा जिल्ला ९७।२० साक्षरता प्रतिशत रहेको छ । यस जिल्लालाई २०७४ भदौं ९ गते साक्षर जिल्ला घोषण गरिएको थियो । यसै गरि मुस्ताङमा ९६।३५ प्रतिशत, स्याङ्जा ९६।१६ प्रतिशत, तनहुँ ९६।४०… पुरा पढौ

दुवै खुट्टा गुमाएका रसियाली नागरिक रुस्तमकाे मनास्लु हिमाल आरोहण : आत्मविश्वास र दृढ इच्छा शक्तिले मिल्छ सफलता

दुवै खुट्टा गुमाएका रसियाका नागरिक रुस्तम नाबिव आत्मविश्वास र दृढ इच्छा शक्ति भए जुन सुकै काममा पनि सफलता मिल्छ भन्ने विश्वकालागि उदाहरण बनेका छन् । दुवै खुट्टा गुमाएका रसियाका नागरिक रुस्तमले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको गत शनिबार सफल आरोहण गरेर विश्वलाई नै यो सन्देश दिएका हुन् । सन् २०१५ मा रुसको एक सैन्य भवन भत्किँदा रुस्तम नाबिवले दुवै खुट्टा गुमाएका थिए । मनास्लु हिमालको सफल आरोहण गरेर फर्केपछि उनले आफूले जुनसुकै काम पनि गर्नसक्छु भनेर… पुरा पढौ

तीन महिनामा मन्त्रिपरिषदले पायो पूर्णता : अब २५ सदस्य मन्त्रिमण्डल

झन्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । मन्त्री परिषद विस्तारमा प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन् । करिब तीन महिना प्रधानमन्त्री देउवाले कांग्रेबाट तीन मन्त्री र एक राज्यमन्त्री भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरु मन्त्रालय आफैंसँग राखेका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्री परिषद विस्तार भएको हो ।… पुरा पढौ

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो, ९ जना नियन्त्रणमा

वीरगञ्ज मुर्ली नवकाटोला ईदगाहामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।  भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ ।  जस मध्य १ जना नेपाली र ८ जना भारतिय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना… पुरा पढौ

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुुर राष्ट्रिय दैनिकका गण्डकी ब्यूरो प्रमुख हुन् ।पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै… पुरा पढौ

मानव खप्पर र हड्डीको तस्करी !

मानव खप्पर र हड्डीको पनि तस्करी भएको पाइएको छ । भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डी तस्करी भएर आएको पाइएकाे हो । हालै सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु अनुसन्धानबाट मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका १५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस सशस्त्र प्रहरी बलले बरामद गरेको थियो । भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८… पुरा पढौ

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा :अनुपम खेरले पशुपतिनाथ मन्दिर पुगेर गरे पुजा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री : प्रदेशलाई बजेट थपिदिने प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे । यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश… पुरा पढौ

पर्यटक आगमनमा सुधार : एक महिनामा करीब १० हजार पर्यटक आए

कोभिड—१९ पछि थला परेको पर्यटन उद्योगमा पछिल्लो समयमा पर्यटक आगमनमा केही सुधार देखिएको छ । दोस्रो लकडाउ हटे संगै पर्यटक आगमनमा पछिल्लो समयमा सुधार देखिएको हो । कोरोना विरुद्धको खोप लगाउने क्रम तिब्र हुनु, कोरोना संक्रमण दर पनि कम हुनु र पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था मिलाउनुले विदेशी पर्यटकको आगमनका सुधार देखिएको छ । यो संगै एक महिनाको अवधिमा नेपालमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ म ९ हजार ८ सय ९८… पुरा पढौ