
चीनबाट खरिद गरिएको थप १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पहिलो लटको खोप आएको हो ।
खोप आएसंगै अव केही दिनभित्र लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले पटक पटक नेपालाई यसअघि कोरोनाविरुद्ध खोप उपलब्त्र गराएको थियो ।