
चीन र नेपालको सीमानाका कोरलानाकामा पहिलो पटक यात्रु बस पुगेको छ । चीनको स्वशासितक्षेत्र तिब्बत र नेपालतर्फ उपल्लो मुस्ताङको सीमानाका कोरलानाकामा आन्तरिक पर्यटक लिएर बुधबार मुस्ताङ मुक्तिनाथ यातायात प्रालिको ग १ ख ७३३४ नम्बरको बस पुगेको हो ।
यात्रु बस कोरलानाकामा पुगेपछि उपल्लो मुस्ताङ्का स्थानीयमा खुशी छाएको छ । पर्यटक आगमनमा बृद्धि हुने विश्वासमा उपल्लो मुस्ताङका स्थानीय खुशी भएका हुन् । बुधबार मुस्ताङ यातायात प्रालिले उपल्लो मुस्ताङमा बस सञ्चालनको परिक्षण गरेको हो । बस चालक प्रकाश आलले नियमीत बस सञ्चालनकालागि सडक स्तरोन्नति गर्नु पर्ने बताएका छन् । ठाउँ ठाउँमा मोटरेबल पुल निर्माण पनि हुन सके बाह्ै महिना बस सञ्चालन गर्न सकिने उनले बताएका छन् । काेरलानाकामा पुगेका पर्यटकले २४ नम्बरकाे सीमा पील्लर देखिने गरी तस्बिर खिचाएका थिए ।
पहिलो पटक कोरलानाकामा बस पुग्दा स्थानीयले बस चालक र पर्यटकलाई खादा लगाएर स्वागत गरे । जोमसोम—कोरला सडक मार्ग ११० किमी हो । यस सडकको भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको आयोजनाका निमित्त प्रमुख आश्विनी कुमार यादवले बताएका छन् । समाचार तस्बिर : छिरिङ फेन्जाे गुरुङ



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…