
मनसुन सकिएपछि भइरहेको भारी वर्षा बिहीबार पनि रोकिएको छैन । बेमौसमी वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ पनि पोखरा लगायत देशका विभिन्न स्थान वर्षा भइरहेको छ । बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परी प्रदेश १ मा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिममा १७ जना गरी ४० जना घाइते भएको प्रहरीले बताएको छ ।
बाढी पहिरोमा परी विभिन्न स्थानमा गरी ४१ जना बेपत्ता भएका छन् । प्रदेश १ मा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका हुन् । बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । यस अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । बाढी, पहिरोको कारण विभिन्न स्थानमा गरी १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…