समाचार

सप्तऋषिको पूजासँगै सकियो तीज

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । सप्तऋषिको पूजासँगै यस वर्सषकाे तीज पर्व सकिएकाे छ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा अनुसार पर्व मनाए । पाेखराकाे सेती नदी, कालीगण्डकी, वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन… पुरा पढौ

फेवाताल सरसफाइमा प्रवासमा रहेका युवाको सक्रियता

प्रवासमा रहेका पोखरेली युवाले फेवाताल संरक्षण र सफाइमा सक्रियता देखाएका छन् ।  अध्ययन र रोजगारीकाे अवसर खोज्दै विभिन्न देश पुगेका युवाहरूले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको सरसफाइकालागि स्थानीय युवालाई परिचालन गरी सरसफाइ अभियान चलाएका हुन् । पोखरा बैदामका अघिल्लो पुस्ता तालको पानी खाएर हुर्किए । त्यसपछिको पुस्ता तालको पानी नखाए पनि तालमा निर्धक्क पौडी खेलेर हुर्किए । अहिलेका युवा तालमा बढ्दो प्रदूषणको कारण छालामा सङ्क्रमण हुने डरका बिच पनि पौडी खेल्ने गरेको स्थानीय युवा बताउँछन् । तालमा सोझिएका पोखराका ढल,… पुरा पढौ

एमसीसीकी उपाध्यक्ष सुमार नेपालमा : शीर्ष नेता भेट्दै

नेपालमा पछिल्लो समयमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । संसद्बाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल आएकी हुन् । एमसीसीको विषयमा नेपालमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । नेपालको चारदिने भ्रमणकालागि आएकी उपाध्यक्ष फातिमाले शीर्ष नेताहरु संग भेट्ने कार्यसूची रहेको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एपसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बताइएको छ । नेपालका पार्टीहरुमा एमसीसी परियोजना स्वीकार… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा भेटिए लोप भएको अनुमान गरिएको जङ्गली बँदेल

लोप भएको अनुमान गरिएको जङ्गली बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकाे मादी गाउँपालिकामा क्यामेरा ट्यापिङ्गमा तस्बिर कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे छ l यस क्षेत्रमा पहिले अभिलेख भएर पनि करिब ५० वर्ष सम्म नदेखिएकाे जङ्गली बँदेल स्वचालित क्यामेरामा कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे हाे । अन्नपूर्ण क्षेत्रको कास्की जिल्ला अन्तर्गत मादी गाउँपालिकामा अभिलेख गरिएको जङ्गली बँदेल करिब ५० वर्षपछि पुनरागमन भएको स्थानीयले बताएका छन् l यत्रो लामो समयसम्म बँदेल कता लुकेको थियो भनेर स्थानीयहरू अचम्मित छन् । स्थानीय गेहेन्द्र गुरुङले आफु सानै… पुरा पढौ

हरितालिका (तीज) सुरु : आज दर खाने भोली व्रत बसेर नाचगानमा रमाउने

पोखरा : हरितालिका (तीज) पर्व बुधबार देखि सुरु भएको छ । आज दर खाएर तीज मनाइँदै छ । दर खाने दिनसँगै चार दिन तीज पर्व नेपाली महिलाले मनाउँछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा अनुसार माइतीमा गएर दर खान यति बेला चेलीबेटीलाई हतारो छ । कोरोना सङ्क्रमण अझै नहराएको र झन् छिटो फैलने नयाँ भेरियन्टको भाइरस फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चेलीबेटीले तीज मनाउनु पर्नेछ ।  तीजमा दिदी बहिनी, आमाहरूले वर्ष दिनभर आफूलाई परेको दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गर्दछन् ।… पुरा पढौ

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए ।… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे । उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य… पुरा पढौ

सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गर्नुभएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु छ घण्टा… पुरा पढौ

काठमाडौँमा वर्षा : पाँच दशकयता तेस्रो ठूलो

गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परयो जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा गएराति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो । सन् १९६८ देखि २०२१ सम्मको… पुरा पढौ

अत्यावश्यक वस्तुको मनपरि मूल्य

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताउनुभयो । उहाँका अनुसार लकडाउनअघिसम्म डेरीबाट रु एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ… पुरा पढौ