समाचार

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर

१३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश पाेखरा : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा… पुरा पढौ

संरक्षण क्षेत्रमा लागेकाे डढेलाेले दुर्लभ वन्यजन्तुका बासस्थान विनास

हिमाल पारीको जिल्ला मनाङमा पटक पटक गरी २८ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । संरक्षण क्षेत्रको वनमा डढेलो लाग्दा जैविक विविधतामा ठूलो नोक्सान पुगेको छ । उच्च हिमाली क्षेत्रको ३२ सय मिटर उचाईको वन क्षेत्र सम्म आगो लागेको हो । मनाङमा लागेकाे डढेलाे निभाउदै सुरक्षाकर्मी । पछिल्लो पटक माघ २९ गते पिसाङ र घ्यारु बिचको जंगलमा लागेको आगो आइतबार दिउँसो देखि नियन्त्रणमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

फेवातालको गहिराइ बढाउन माटो झिकिदै

फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएको मौका छोपी गण्डकी प्रदेश सरकारले तालमा थुप्रिएको माटो झिक्ने भएको छ । फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले समिति बनाएको हो  । फेवा बाँध मर्मत गर्न बाँधकाे ढाेका खाेल्दा घटेकाे फेवातालकाे पानीकाे सतह । तस्बिर : कृष्णमणि बराल पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।तालको पानीको सतह घटेको बेलामा… पुरा पढौ

फेवा देखि गुँदे ताल सम्म संरक्षण साइक्लिङ्ग

विश्व सिमसार दिवस २०२१ को अवसरमा पोखराको फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग गरिएको छ । सिमसार क्षेत्र संरक्षण गरौं भन्ने सन्देश सहित पाेखराकाे सबैभन्दा ठुलाे फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग यात्रा गरिएकाे हाे । अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र पोखरा साइकल सिटीद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाका कर्मचारीहरु र पोखरा साइकल सिटीका सदस्यहरु लगाएत ५० जनाले साइक्लिङ्ग गरेका थिए । सहभागीहरुले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकेर जनचेतना जगाउने काम गरेका थिए ।… पुरा पढौ

बाँध खोल्दा यस्तो देखियो फेवाताल

फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मत गरिदैपोखराको फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मतसम्भार गर्न बाँध खोलीएको छ । लामो समय सम्म बाँध मर्मत नहुँदा पानीको चुहावट भएको थियो भने बाँधको तल्लो तट कम्जोर बनेको छ । बाँध मर्मत गर्न शनिबार राति देखि बाँध खोल्दा तालको पानीको सतह एक मिटर घटेको छ । बाँध मर्मत गर्न तालको सतह २ मीटर सम्म घटाउनु पर्ने भएकोले शनिबार देखि बाँध खोलीएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर… पुरा पढौ

हिमाली क्षेत्रमा हिउँदमा बढ्दै छ पानीको अभाव

एक महिना ढिलागरी हिउँदे वर्षा कृष्णमणि बराल पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिलागरी हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिलागरी हिउँ पर्‍याे । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु पर्‍याे । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने खोला सुके । माघको पहिलो साता कास्कीको ताङतिङ,… पुरा पढौ

कलेजको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका अखेटोपहार जंगलमा भेटियो

पोखरा ः वन बिज्ञान अध्ययन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार जंगलमा फेला परेको छ । पोखरा १५ टुटुङ्गामा रहेको वन बिज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट माघ ९ गते अखेटोपहार चोरी भएको थियो । प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार फेला परेपछि । तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की । प्रयोगशालाबाट चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, अन्य हाड अखेटोपहार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबराजबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार (माघ २०… पुरा पढौ

सिमसार दिवस औपचारिकतामा सिमित

पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व… पुरा पढौ

रामसारमा सूचीकृत पोखराका नौ ताल, अन्तर्राष्ट्रिय करण गरियो भएन संरक्षण

पाेखरा :  दिपाङ ताल किनारका ५० वर्षीय नारायणप्रसाद लामिछानेकाे परिवारकाे जमिन सरकारले २०३९ सालमा अहिले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेपछि विस्थापित भए । पुर्खाै देखि गाउँघर, छरछिमेकी सग मिलेर बसेकाे परिवार एक्लियाे । बुवाअामासँग ११ वर्षको उमेरमा पोखरा २७ दिपाङ ताल किनारमा बसाइँसराइ गरे । दिपाङ ताल । तस्बिर : कृष्णमणि बराल पोखराको भेडीफारम (छिनेडाँडा) मा १६ रोपनी जमीनसहित सुबिधा सम्पन्न घर थियो। सरकारले विमानस्थलका लागि पुख्यौली थलोबाट उठीबास गरेपछि ४ कक्षा पढ्दा पढ्दै दिपाङतालको पाखामा आएर… पुरा पढौ

चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहीत युवा पक्राउ

पोखरामा एक युवा चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोेलीले चेकजाँचको क्रममा मंगलवार साँझ पोखरा ३१ शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको अवस्थामा २८ वर्षीय एक युवकलाई अबैध चितुवाको छाला, अबैध खपेटा र आखेटोपहार सहित पक्राउँ गरेको हो । प्रदेश नम्बर ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ४ बस्ने वर्ष २८ का सन्तोष लामिछाने पक्राउ परेका हुन् । उनले मोटरसाइकल पछाडी जेब्रा… पुरा पढौ