
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैं मनाएका छन् । महाराजगञ्जस्थित अमेरिकी दूतावासमा रेन्डीले दसैंको टीका लगाएका हुन् । आफूले टीका तथा जमरा ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।
आफूले टीका लगाएको र बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएको तस्बिर राजदूत बेरीले समाजिक सञ्जालमा राखेका छन् ।
आज देशभर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका बिहान १० बजेर २ मिनेटमा लगाउन सुरु गरेर मान्यजनबाट शीर्वादसहित टीका तथा जमरा लगाउन क्रम चली रहेको छ ।
साइत नकुर्नेहरुले बिहानैदेखि टीका र जमरा लगाइरहेका छन् । दसैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ ।





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…